Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

महोत्तरीको झा दम्पती हत्याकाण्डको फरार थप एकजना पक्राउ

प्रतिक्षा खबर
२०७९ माघ ७, शनिबार २०:५६

गोपाल झा

महोत्तरी, माघ ७ गते

महोत्तरीको सहोडबामा झा दम्पतीको हत्या गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडबाका मुसाफिर झा र उनकी श्रीमती गीता देवीको हत्यामा संलग्न एक आरोपित दुई वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटना पश्चात फरार रहदेँ आएका स्थानीय ७३ बर्षीय तेजनारायण झा रहेका छन् ।

तेजनारायणलाई  झापाको मेचीनगर नगरपालिका-६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिएका हुन् ।

घटना पश्चात फरार भएर भारतको गोहाटी भन्ने शहरमा एक मन्दीरमा पुजारीको काम गर्दै आउँदै झा बेला बेलामा काकडभिट्टा नाका हुँदै आउजाउ गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौँको सहयोगमा उनलाई पक्राउ गरिएको हो ।

सिआईबीको सहयोगमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको टोलीले शुक्रबार झापाको मेचीनगर नगरपालिका ६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिएका हुन् ।

पक्राउ परेका झा  हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको जनईएको छ ।

२०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवा गाँउका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपता भएका थिए । बेपता भएको एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जानेबाटोमा झा दम्पतीको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।

मुसाफिर झाका छोरा मनिष झाले कैलास झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव र हरेन्द्र ठाकुर, तेज नारायण झा, तारा देवी झा, बिकास भन्ने बब्लु कुमार झा समेतले अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परिसकेका थिए भने तेजनारायण  फरार रहेका थिए । यस अघि पक्राउ परेकामध्ये महोत्तरी जिल्ला अदालतको आदेशमा तीनजना पूर्पक्षका लागि जेल चलान भइसकेका छन् भने ४ जना धरौटीमा छुटेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर