Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पत्रकारहरुको हकहितका लागि बजेट विनियोजन गर्न पत्रकार महासंघ प्रदेश समितिको माँग

प्रतिक्षा खबर
२०७८ जेष्ठ २७, बिहीबार ०८:११

जनकपुरधाम, २७ जेठ । प्रदेश २ सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २ का पत्रकारहरुको हकहित तथा क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गर्न नेपाल पत्रकार महासंघ प्रदेश २ समितिले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
महासंघका प्रदेश अध्यक्ष राजेश कर्णले यहाँका पत्रकारहरु मधेश आन्दोलन देखि लिएर प्रदेश र देशको न्यायिक पक्षमा सधैं कलम चलाउँदै आएकोले पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिका लागि बजेटमा रकम विनियोजन गरी दिन आग्रह गरेका हुन ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई अध्यक्ष कर्णले १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ प्रादेशिक कार्य समितिको कार्यालय संचालन र व्यवस्थापन एवं कार्यालय भवन निर्माणका लागि उचित बजेट विनियोन हुनुपर्ने, कोरोना संक्रमणका कारणले प्रदेशका मृतक पत्रकार र संचार उद्यमीका परिवारका लागि राहत बजेटको व्यवस्था हुनुपर्ने, यस प्रदेशका पत्रकारहरुका लागि निशुल्क लागि स्वास्थ्य उपचार र स्वास्थ्य विमा र दुर्घटना विमाका लागि बजेटको विनियोजन हुपर्ने रहेछ ।
त्यसैगरी तीस वर्षदेखि पत्रकारिता गर्दै आएका पत्रकारहरुका लागि मासिक वृतिको व्यवस्था हुपर्ने, क्रियाशिल सञ्चारकर्मीहरुको व्यवसायिक सुरक्षा र वृत्तिविकासका लागि आवश्यक बजेटको व्यवस्था हुनुपर्ने, स्वरोजगारमूलक संचार संस्था र पत्रकारहरुका लागि सञ्चार उपकरणमा खरीदमा ब्याज अनुदान व्यवस्थाका लागि बजेटको व्यवस्था हुनुपर्ने, कोरोना भाइरसको संक्रमणबाट पीडित सञ्चारकर्मी र सञ्चार गृहहरुलाई एकमुष्ट राहत प्याकेजको लागि बजेटको व्यवस्था हुनुपर्ने, लोककल्याणकारी विज्ञापनका लागि बजेटको व्यवस्था हुनुपर्ने, प्रदेश नम्बर २ मा उत्पादन हुने विज्ञापनहरु प्रदेश २ कै सञ्चारमाध्यमहरुलाई उपलब्ध गराउनुपर्ने र.विभिन्न विधागत पुरस्कारहरुको व्यवस्था गर्नुपर्ने रहेको छ ।
यता आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले ध्यानाकर्षण पत्र बुझदै पत्रकारहरुको यी माँग जायज रहेकोले यी माँगहरु प्ुरा हुने गरी बजेट विनियोजनमा राखेको बताएका छन् । उहाँले भन्नुभयो—‘ध्यानाकर्षण पत्रका अधिकांश माँगहरु बजेटमा राखिसकेका छौ. । केही माँग छुटेको हुनाले यसलाई पनि राख्नेछौं ।’ उनले प्रेस काउन्सिल र प्राधिकरण मार्फत प्रदेश सरकार अगाडि बढिरहेकोले सोही अनुसार बजेट पनि छट्याउन लागेको बताएका छन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर