Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

भारतद्वारा श्रीलंकाविरुद्धको टी-२० सिरिज कब्जा, सूर्यकुमारले बनाए अविजित ११२ रन

प्रतिक्षा खबर
२०७९ पुष २४, आईतवार ०९:०१

भारतले श्रीलंकाविरुद्धको तीन म्याचको टी-२० सिरिज कब्जा गरेको छ । राजकोटमा खेलिएको तेस्रो म्याचमा श्रीलंकालाई ९१ रनले हराएर भारतले सिरिज कब्जा गरेको हो ।
भारतको जितमा सूर्यकुमार यादवले अविजित ११२ रन योगदान गरे । पहिले ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा २२८ रन बनाएको थियो । जवाफमा श्रीलंका १७ ओभरमा १३७ रनमा अलआउट भयो ।
श्रीलंकाका लागि कप्तान दशुन शनाका र कुसल मेन्डिसले समान २३/२३ रन बनाए । धनन्जय डे सिल्भाले २२ र पथुम निसान्काले १५ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ पनि भारतको प्रदर्शन राम्रो रह्यो । अघिल्लो म्याचमा महँगो सावित भएका अर्शदीप सिंहले तेस्रो म्याचमा २० रन मात्र खर्चिएर ३ विकेट लिए । हार्दिक पाण्ड्या, उमरान मलिक र युजवेन्द्र चहलले २–२ विकेट लिए ।
यो जितमा सूर्यकुमार हिरो सावित भए । ५१ बल सामना गरेका उनले ९ छक्का र सात चौकाको मद्दतमा ११२ रन बनाए । टी–ट्वान्टी क्रिकेटमा उनको यो तेस्रो शतक हो । भारतका लागि शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । बलिङतर्फ श्रीलंकाका दिलशान मदुशांकाले २ विकेट लिए ।
यो जितसँगै भारतले तीन म्याचको सिरिज २–१ले कब्जा गर्यो । भारतले पहिलो म्याच २ रनले जितेको थियो । दोस्रो म्याच श्रीलंकाले १६ रनले जितेको थियो ।
भारत र श्रीलंकाबीच १० जनवरीदेखि तीन म्याचको वनडे सिरिज हुनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर