Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

उपेन्द्र यादवकाे सहयाेग नहुँदा रोकिए अशोक राई

प्रतिक्षा खबर
२०७९ पुष १४, बिहीबार ११:५०

दिपेश शाही
१३ पुस, काठमाडौं। ४ मंसिरको चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट पराजित भएपछि धेरैको अनुमान थियो, जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता संघीय परिषद् अध्यक्ष अशोक राई बन्नेछन् । किनकि जसपाबाट चुनाव जित्ने नेताहरुमध्ये सुनसरी–१ बाट निर्वाचित राई नै सबैभन्दा वरिष्ठ थिए ।
तर बुधबार बारा–२ बाट जितेका रामसहाय यादव निर्विरोध दलको नेता चुनिएका छन् । दलको नेता चयन गर्न मनोनयन दर्ताको समयमा राईले उम्मेदवारी नै दर्ता गरेनन् । राईसँगै अन्य आकांक्षी राजकिशोर यादव र नवलकिशोर साहले पनि उम्मेदवारी दर्ता गरेनन् । यी सबै घटनाक्रम एकप्रकारले अनपेक्षित थियो ।
किनकि जसपाभित्र संसदीय दलको नेतामा मंगलबारसम्म पनि आकांक्षीमध्ये राईको सम्भावना बढी थियो । ‘पार्टीको निर्णय हो । सबैको सहमति भएपछि निर्विरोध संसदीय दलको नेता चयन गरिएको हो’, सांसद सुशीला श्रेष्ठ भन्छिन् ।
तर तथ्य भने सुशीलाले भने जस्तो होइन । बरू उपेन्द्रकै साथ नपाएर राईले दलको नेता बन्ने चाहना त्याग्न बाध्य भएका हुन् । ‘अशोकलाई रोक्न अनेक कथा रचियो, नौटंकी देखाइयो’ उनी निकट एक नेता भन्छन् ।
उपेन्द्रलाई मधेशमा मात्रै नभएर राष्ट्रिय राजनीतिमै चतुर नेताका रूपमा हेरिन्छ । २०६३ सालको अन्तरिम संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशमा आन्दोलनको नेतृत्व गरेर यादव राष्ट्रिय राजनीतिमा उदाएका थिए । त्यसयता मधेश र राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्दै आएका उपेन्द्रले यसपटक चुनावकै मुखमा कांग्रेस–माओवादीसहितको गठबन्धन परिवर्तन गरेर एमालेसँग तालमेल गरे ।
तर जसपाले सन्तोषजनक नतिजा निकाल्न सकेनन् नै, स्वयं उपेन्द्र सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग पराजित भए । यादवले आफ्नो र पार्टीको पराजयको कारण एमालेसँगको तालमेललाई मानेका छन् ।
जसपाका नेताहरूका अनुसार उपेन्द्र चुनावअघि कांग्रेस नेतृत्वको गठबन्धन छाड्ने मूडमा थिएनन् । तर गठबन्धनले कम सिट मात्रै दिने भनेपछि अशोक राईकै जोडबलमा एमालेसँग चुनावी तालमेल गर्न उनी बाध्य भए । एमालेसँग तालमेल गर्दा अशोकले भने जिते ।
एमालेसँग तालमेलप्रतिको असन्तुष्टि उपेन्द्रले चुनावको अन्तिम नतिजा आइनसक्दै सार्वजनिक गरेका थिए । विराटनगरबाट काठमाडौं फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग उपेन्द्रले भनेका थिए, ‘चुनावसँगै एमालेसँगको सहकार्य पनि सकियो । अब जसपा नयाँ ढंगले अगाडि बढ्छ ।
उपेन्द्रको अभिव्यक्तिको अशोकले भोलिपल्टै खण्डन गरेका थिए । कसैले व्यक्तिगत हिसाबमा के भन्छ भन्ने महत्वपूर्ण कुरा होइन । एमालेसँगको तालमेलका विषयमा जसपाले कुनै निर्णय गरेको छैन’, राईले भनेका थिए ।
दुई नेताको फरक अभिव्यक्तिबाटै जसपामा शक्ति संघर्ष रहेको बुझ्न सकिन्थ्यो ।
उपेन्द्रको अनुपस्थिति रहने संसदीय मोर्चामा समेत पार्टीको नेतृत्व गर्न नपाउने अवस्थाप्रति अशोक राईले सार्वजनिक टिप्पणी गरिसकेका छैनन् । तर रामसहाय नेतृत्वको संसदीय दलमा अशोक राई सदस्य रहनुपर्ने वैधानिक प्रक्रिया भने पूरा भइसकेको छ ।
पार्टीभित्र विकसित यो घटनापछि अशोक राईले चाल्न सक्ने सम्भावित कदमबारे आगामी दिनमै देखिनेछ । तर अशोक राई लगातार एक्लिंदै गएको तथ्य भने राजनीतिक परिदृश्यबाट लुकेको छैन ।
१० वर्ष अगाडि एमालेसँग अलग हुँदा राईसँग पहिचानको एजेन्डा थियो । त्यही असन्तुष्टिमा राईले आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी चलाए । २०७० सालमा अपेक्षित नतिजा ल्याउन नसकेका राईले उपेन्द्र यादवको मधेशी जनाधिकार फोरमसम्ग एकता गरे । पछि माओवादी केन्द्रबाट अलग भएर नयाँ शक्ति पार्टी बनाएका बाबुराम पनि यही पार्टीमा आइपुगे ।
त्यतिबेला पार्टी एकताको मुख्य उद्देश्य थियो, क्षेत्रीय पकड भएका पार्टीहरू मिलेर राष्ट्रिय शक्ति बन्ने । तर राष्ट्रिय शक्ति हुने उद्देश्यमा अग्रसर जसपाले गएको स्थानीय चुनावमा मधेशमा नै पहिले जितेका कैयौं पालिकाको नेतृत्व गुमायो । जसपा मात्रै होइन, छोटो समय जसपासँगै एकीकरण भएर छुट्टिएको तर, मधेशकेन्द्रित नेताहरूको बाहुल्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को हालत त्योभन्दा पनि खराब भयो ।
स्थानीय निर्वाचनपछि भट्टराईले पनि जसपा छाडेर नेपाल समाजवादी पार्टीको गठन गरे । तर पुरानै पार्टी माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडामा चुनाव लडे ।
एकातिर पार्टीमा विभाजनको लहर, अर्कोतिर चुनावमा निरन्तर ओरालो लागिरहेको परिणामले राई उकुसमुकुस बनिसकेका थिए । त्यसपछि राई पार्टीभित्र मौन देखिए पनि भित्रभित्रै गठबन्धन बदलेर एमालेसँग सहकार्य गर्नेतिर केन्द्रित भए ।
परिणामतः प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मुखमा एमालेसँग तालमेल गर्ने निर्णय गर्‍यो । तर जसपाको चुनावी परिणाम सकारात्मक आएन । अघिल्लोपटक चुनाव जितेकै कतिपय क्षेत्र गुमाउनुपर्‍यो भने अध्यक्ष यादव पराजित भए । एमाले र केपी ओलीप्रति दोस्रो मधेश आन्दोलनपछि बनेको ‘इमेज’ ले जसपालाई धक्का पुगेको यादव पक्षको बुझाइ छ ।
हामीले आन्दोलन गर्दा जसले विरोध गरिरहेको थियो, उसैसँग चुनाव लड्न गएपछि मधेशको जनताले विद्रोह गर्‍यो र विकल्प रोज्यो’ यादव निकट ती नेताको भनाइ छ, कांग्रेस–माओवादीसँगकै गठबन्धन भएको भए सायद अहिलेको भन्दा राम्रो परिणाम हाम्रो हातमा हुन्थ्यो । तर एमालेको भोट नै हामीलाई आएन । बरु हाम्रो कारण मधेशमा एमाले ब्युँतिन सफल भयो ।
पार्टी अध्यक्ष पराजित भएपछि वरिष्ठताका आधारमा अशोकले संसदीय दलको नेता बन्ने प्रयास गरेका थिए । मंगलबार अन्तिम समयसम्म पनि उपेन्द्र सहित नेताहरुसँग उनले आफ्नो आकांक्षा राखिरहेका थिए ।
तर उपेन्द्रको साथ नपाउने प्रष्ट भएपछि अशोक राईले उम्मेदवारी दर्ता गरेनन् । उपेन्द्रले भनेकै व्यक्ति रामसहायप्रसाद यादव निर्विरोध चयन भए । ‘हिजोसम्म आफैं उठ्ने कुरा भएको थियो । त्यही विषयमा अध्यक्षसँग छलफल पनि गर्नुभएको थियो’ राई निकट एक नेताले भने, ‘तर पछि आएर नउठ्ने भन्नुभयो ।’
ती नेताका अनुसार, राईले संसदीय दलमा प्रतिस्पर्धा नगर्नुका पछाडि दुईवटा कारण छन् ।
पहिलो, यादव सांसद नरहेकाले आफू स्वतः दलको नेताको जिम्मेवारी पाउने अशोकको बुझाइ थियो । तर यादवले नै चाहेनन् ।
दोस्रो, रामसहायसँग अशोक आफैंले प्रतिस्पर्धा गर्न चाहेनन् ।
जसपासँग प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक ५ गरी १२ सांसद छन् । तर उपेन्द्रको साथ नपाउँदा राईले प्रस्तावक र समर्थक नै नपाउने अवस्था रहेको एक सांसदले बताए ।
राईनिकट एक नेता, उपेन्द्रको सत्ता मोहले यस्तो परिस्थिति बनेको तर्क गर्छन् । उनको भनाइमा, संसद छिर्न उपनिर्वाचनको अवस्था सिर्जना गर्ने चाहनामा उपेन्द्र छन् । त्यसैको वातावरण बनाउनतिर उनी लागेका छन् ।
यादव पक्ष भने यस्तो तर्क अस्वीकार गर्छ । यादव निकट अर्का नेता, चाँडै राष्ट्रियसभा सदस्यको चुनाव हुने भएकाले मन्त्री हुन उपेन्द्र यादवको बाटो नरोकिएको बताउँछन् । ‘प्रधानमन्त्री हुन मात्रै संसदीय दलको नेता हुनुपर्ने हो’ ती नेता भन्छन्, ‘मन्त्री हुन राष्ट्रियसभा सदस्य भए हुन्छ । त्यसैले सत्तामोह भन्ने कुरा सत्य होइन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर