Advertisement
ताजा खबर
महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए
महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए
☰

दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न

प्रतिक्षा खबर
२०८३ आश्विन २५, आईतवार २१:२६

गोपाल झा । महोत्तरी , असोज २५ गते

‘जय माता दी’ र ‘दुर्गा भवानीको जय’ भन्ने जयकारले आइतबार महोत्तरीको एकडारा गाउँ गुञ्जायमान बनेको छ । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा एकडारास्थित दुर्गा मन्दिरबाट भव्य कलश शोभायात्रा निकालिएको हो । एक हजारभन्दा बढी कुमारी कन्यासहित हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहेको कलश शोभायात्राले गाउँलाई भक्तिमय बनाएको थियो ।

प्रत्येक वर्षझैँ यस वर्ष पनि श्रद्धा, आस्था र निष्ठाका साथ मनाउन थालिएको बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई आश्विन शुक्ल पूर्णिमासम्म मनाउने परम्परा छ । नवरात्रको पहिलो दिन घटस्थापनासँगै माता दुर्गा भवानीको विशेष पूजाअर्चना सुरु भएको हो । यस अवसरमा एकडारा गाउँपालिका–१ स्थित दुर्गा मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको चहलपहल बढेको थियो ।               घटस्थापनाको अवसरमा आयोजित कलश शोभायात्रामा एक हजारभन्दा बढी कुमारी कन्याको सहभागिता रहेको थियो। धार्मिक विधिअनुसार कलश बोकेका कुमारी कन्या तथा श्रद्धालु भक्तजनको लामो पङ्क्तिले गाउँका विभिन्न भागको परिक्रमा गरेको थियो । स्थानीय महिला, पुरुष, व्यवसायी, पेसाकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिताले शोभायात्रालाई थप भव्य बनाएको थियो ।

एकडारा गाउँपालिका–१ स्थित दुर्गा मन्दिरको प्राङ्गणबाट सुरु भएको शोभायात्रा गाउँको ब्रह्मस्थानमा पुगेर विधिपूर्वक पूजाअर्चना गरेपछि अगाडि बढेको थियो । त्यसपछि गाउँको पश्चिमतर्फ लाग्दै गरेको बजार हुँदै वडा नम्बर २ अन्तर्गतको बेला गाउँको परिक्रमा गरिएको थियो ।           गाउँ परिक्रमा गर्ने क्रममा शोभायात्रा एकडारा पाठशाला चोकस्थित पोखरीमा पुगेको थियो । त्यहाँ सहभागी कुमारी कन्याहरूले धार्मिक विधिअनुसार जल भरेका थिईन् । जल भरिएको कलशसहितको शोभायात्रा पुनः दुर्गा मन्दिरको प्राङ्गणमा पुगेपछि कलश स्थापना गरी धार्मिक कार्यक्रम विधिपूर्वक सम्पन्न गरिएको छ ।

कलश शोभायात्राका क्रममा स्थानीय लोकलयमा आधारित भजनकीर्तन, धार्मिक गीत तथा बाजागाजाले वातावरण भक्तिमय बनेको थियो । स्थानीय वेशभूषामा सजिएका श्रद्धालुहरू झण्डा तथा तोरण बोकेर कलश शोभायात्रामा सहभागी भएका थिए । देवी दुर्गाप्रतिको आस्था र धार्मिक उत्साह झल्काउने यस कार्यक्रमले स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक परम्परालाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन् ।

कलश यात्रामा हजारौँ भक्तजनहरुको सहभागिताले एकडारा गाउँ भक्तिमय बनेको थियो । धार्मिक आस्था, परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा आयोजना हुँदै आएको यस कार्यक्रमले बडादसैँको रौनक गाउँमा भित्र्याएको छ । आयोजक समितिका अनुसार कलश शोभायात्रामा महिला, पुरुष, युवा तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कलश शोभायात्राका क्रममा स्थानीय बबिन्द्र साहलगायतका व्यक्तिहरूले सहभागी कुमारी कन्याहरूलाई फलफूल तथा पेय पदार्थ वितरण गरेका थिए । धार्मिक कार्यक्रमलाई व्यवस्थित र सहज बनाउन स्थानीय व्यवसायी तथा समाजसेवीहरूले सहयोग गरेका हुन् ।         कलश स्थापना विधि सम्पन्न भएपछि दुर्गा मन्दिरको प्राङ्गणमा पूजा समितिका तर्फबाट कुमारी कन्याहरूलाई प्रसाद वितरण गरिएको थियो । कार्यक्रममा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि धार्मिक तथा सामाजिक कार्यमा यस्तै सहयोग र सद्भाव कायम रहने विश्वास वडा नम्बर १ का वडाध्यक्ष मनोज मण्डलले व्यक्त गरेका छन् ।

एकडारामा विगत ३० वर्षदेखि प्रत्येक वर्ष शरद ऋतुमा शारदीय दुर्गापूजा आयोजना हुँदै आएको छ । यस वर्षको दुर्गापूजामा करिब नौ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको दुर्गापूजा समितिका अध्यक्ष सोपिन्द्र यादवले जानकारी दिएका छन् ।          दुर्गापूजा सम्पन्न गर्न एकडारा र बेला गाउँका स्थानीयवासीले आफ्नो क्षमताअनुसार नगद तथा चामल, दाल, आलुलगायतका खाद्यान्न सामग्री सहयोग गर्दै आएका छन् । स्थानीयवासीको सामूहिक सहयोग र सहभागिताकै कारण वर्षौंदेखि दुर्गापूजाको परम्परा निरन्तर चल्दै आएको अध्यक्ष यादवले बताए । त्यस्तै यस वर्ष एकडारा गाउँपालिकाको कार्यालयबाट करिब तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने आश्वासन प्राप्त भएको पनि अध्यक्ष यादवले जानकारी दिएका छन् । स्थानीयस्तरमा धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै सामूहिक सहभागितामा पर्व मनाउने उद्देश्यले पूजा समितिले तयारीलाई अघि बढाएको छ ।

नवरात्रको पहिलो दिन घटस्थापनासँगै सुरु भएको पूजाअर्चना आगामी दिनमा पनि निरन्तर सञ्चालन हुनेछ । नौ दिनसम्म माता दुर्गा भवानीका विभिन्न स्वरूपको विधिपूर्वक पूजा गर्ने धार्मिक परम्पराअनुसार मन्दिरमा विशेष पूजापाठको आयोजना गरिनेछ । पूजा समितिका अनुसार सप्तमी तिथिका दिन विशेष पूजाअर्चना गरेपछि मन्दिरमा निर्माण गरिएको दुर्गा भवानीको प्रतिमा सर्वसाधारणको दर्शन तथा पूजाअर्चनाका लागि सार्वजनिक गरिनेछ । दुर्गा भवानीसँगै महिषासुर, लक्ष्मी, सरस्वती र गणेशलगायतका प्रतिमाको पनि पूजाअर्चना गर्ने परम्परा रहेको छ ।

दसैँको अवसरमा मन्दिर परिसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने पूजा समितिका अध्यक्ष यादवले जानकारी दिएका छन् । पर्व अवधिभर लाग्ने मेलामा स्थानीय सांस्कृतिक, धार्मिक परम्परा र सामाजिक सद्भाव झल्काउने विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।          कलश स्थापना तथा शोभायात्रा सम्पन्न भएपछि नवरात्रको पहिलो दिनकी अधिष्ठात्री देवी नवदुर्गाको प्रथम स्वरूप शैलपुत्रीको वैदिक परम्पराअनुसार आज पूजाअर्चना गरिएको थियो । नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राख्ने र देवी दुर्गाको आराधना गर्ने धार्मिक मान्यता छ ।

नवरात्रभर भक्तजनहरूले माता दुर्गाका नौवटै स्वरूपको पूजा, उपासना र आराधना गर्ने गर्छन् । धार्मिक विश्वासअनुसार देवी दुर्गाको आराधनाले सुख, शान्ति, समृद्धि तथा शक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ ।

एकडारामा आयोजित कलश शोभायात्राले धार्मिक आस्थासँगै स्थानीय एकता, सहयोग र सांस्कृतिक पहिचानलाई समेत उजागर गरेको छ । स्थानीयवासीको सक्रिय सहभागिता, व्यवसायीको सहयोग र पूजा समितिको व्यवस्थापनमा सम्पन्न कार्यक्रमले यस वर्षको बडादसैँलाई थप उल्लासमय बनाएको छ ।

कलश शोभायात्रा तथा घटस्थापनाको सफल समापनसँगै एकडारामा नवरात्रको धार्मिक उत्सव औपचारिक रूपमा सुरु भएको छ । आगामी दिनमा हुने विशेष पूजाअर्चना, देवी दर्शन तथा दसैँ मेलाले गाउँको धार्मिक तथा सांस्कृतिक माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर