Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

शुभकामना आदान प्रदान गर्दै ईश्लाम धर्मावलम्बीहरु मनाए ईदुलजोहा पर्ब , देशभर सार्वजनिक बिदा

प्रतिक्षा खबर
२०८० असार १४, बिहीबार २१:५५

गोपाल झा

महोत्तरी , अषढ  १४ गते

ईश्लाम धर्मावलम्बीहरुको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आस्था निष्ठाका साथ एक आपसमा शुभकामना आदान प्रदान गर्दै हर्षेल्हास पुर्बक मनाइँएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा आज बकर इद मनाउने धार्मिक विधि अनुसार  यो पर्ब मनाउने गर्छ । तिन सम्म मनाइने बकर इद पर्बको पहिलो दिन आज मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद र  इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

आज बिहानै पर्बको अवसरमा महोत्तरीको एकडारा सहितका मस्जिद, र ईदगहमा मुस्लिम धर्मावलम्बीहरुले नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गरेको छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको एकडारा गाँउपालीका वडा नं १ का पुर्ब वडाध्यक्ष रैहान रेजा अन्सारीले जानकारी दिएका हुन् ।

                     यसैबीच, एकडारा गाँउ पालकिा वडा नं. १का वडाध्यक्ष मनोज कुमार मण्डलले बकर इदको अवसरमा शुभकामना दिँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ । यो पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने वहाँको बिश्वास रहेको छ ।

पुर्ब वडाध्यक्ष अन्सारी ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूणर् योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको जानकारी गराए ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालय अन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुश्लीमहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्छन् ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, त्यस्तै अर्को भाग आफ्ना इस्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको छ । यसैअनुसार बिहीबार पहिलो दिनको बकर इद मनाइएको छ ।

मुस्लिम धर्मावलम्बीले शनिबारसम्म यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको छ । यस अवसरमा सरकारले आज (बिहीबार) सार्वजनिक बिदा समेत दिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर