Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा अध्यक्ष यादव

प्रतिक्षा खबर
२०७७ पुष १९, आईतवार १८:०९

नागेन्द्र कुमार यादव
जनकपुरधाम, पौष १९ । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्दोलन बाट प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको बताउनु भएको छ ।
जसपाको युवा संगठन समाजवादी युवा संघले जनकपुरमा आयोजना गरेको दुई दिने युवा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले संविधानमा रहेको असन्तुष्टीहरुलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नु पर्ने बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रलाई नै समाप्त गर्ने चेष्टा गरेको उल्लेख गर्नु भयो ।
उहाँले नेकपाको पछिल्लो गतिविधिले मुलुकमा नेकपाको काम नरहेको स्पष्ट भै सकेको र काँग्रेस पनि ढुलमुले भएकोले लामो आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको दावी गर्नु भयो ।
डेट एक्सपायर भै सकेको नेपाली काँग्रेस र इन्जिन विग्रिएको नेकपाले मुलुकलाई अग्रगामी दिशामा लान नसक्ने उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले परिवर्तनको सम्बाहक युवाहरुलाई अवको नेतृत्व लिनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा कार्यकारिणी समितिका सदस्य सरतसिह भण्डारीले ओली नेतृत्वको सरकारले चुनाव गराउन नभई सत्तामा टिकी राख्न र थप प्रतिगमनकारी कदमहरु चाल्न संसद विघटन गरेको आरोप लगाउनु भयो । उहाँले न्यायपालिका लाई समेत संसद पुनस्र्थापना नगर्न दिन दहाडै धम्की दिने प्रधानमन्त्री अ‍ोलीलाई सडक बाटै परास्त गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै प्रदेश २का मुख्यमन्त्री एवं जसपाका कार्यकारिणी सदस्य लालबाबु राउतले संघीयता र समावेशितालाई समाप्त गर्न प्रतिगामीकारी शक्तिहरुले योजना तहत संविधानको मर्म विपरित प्रतिनिधि सभा विघटन भएको दावी गर्नु भयो ।
युवा संघका अध्यक्ष योगेन्द्र राय यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारिणी सदस्य एवं प्रदेश २का आर्थिक मामिला मन्त्री विजय कुमार यादव, राज्यमन्त्री उषा यादव, केन्द्रिय सदस्य महाजन यादव, विभा पाण्डे सहितका वक्ताहरुले सम्बोधन गरेको थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर