Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

महोत्तरीमा पुनः पुरानो र अनुभवि अनुहार,मार्लान त बाजी ?

प्रतिक्षा खबर
२०७९ आश्विन ३०, आईतवार ०८:२०

रञ्जन भण्डारी

महोत्तरी,३० असोज ।

यहि मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको लागि महोत्तरीमा रहेको चार निर्वाचन क्षेत्रमा पुनः गत निर्वाचनमा निर्वाचित भएका प्रतिनिधीहरुले उम्मेदवारी दिएका छन । क्षेत्र नं. १ मा गिरिराज मणि पोखरेल,क्षेत्र नं. २ मा शरत सिंह भण्डारी,क्षेत्र नं. ३ मा महन्थ ठाकुर र क्षेत्र नं. ४ मा डा.सुरेन्द्र यादवले प्रतिनिधी सभा सदस्यमा पुनः निर्वाचित हुन उम्मेदवारी दिएका छन । हाल घर दैलो र जनतासंग भेटघाट कार्यक्रममा व्यस्त रहेकोमा उनीहरु पुनः दोहोरिने वा नयाँ अनुहारले मौका पाउने चासोको विषय बनेको छ ।
चारजना उम्मेदवार नै राजनितीका पोख्त र विशेष अनुभवि खेलाडी भएकोमा उनीहरु जित्नेमा उनको गठबन्धन,पार्टी र समर्थकहरु विश्वस्त रहेपनि उनीहरुको प्रतिपक्षमा रहेका नेताहरुले उनीहरुको जितलाई हारमा परिणत गर्ने दावी गर्दै आएका छन ।
चारै उम्मेदवारको विपक्षमा मजबुत खेलाडीहरु भएकोमा जित भने सहज नहुने आँकलन गरिएको छ ।
महोत्तरी क्षेत्र नं. १ माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार गिरिराज मणि पोखरेललाई चुनौती दिन एमालेले लक्ष्मी महतोलाई टिकट दिएको छ भने सोहि ठाउबाट यातायात कार्यालयका पुर्व कार्यालय प्रमुख पोषण थापा समेत आफ्नो जागिरबाट राजिनामा दिएर मैदानमा उत्रिएका छन । लक्ष्मी महतो सोहि क्षेत्रका चर्चित नेता हुन । एमालेबाट उम्मेदवार महतो प्रहरी असई थमन विक हत्या आरोपमा फरार सुचिमा छन ।
यता अर्का उम्मेदवार पोषण थापालाई वर्दिवासको वर्तमान पहिचान र विकासको मुख्य योजनाकार मानिन्छ । उनी समेतको प्रयासबाट बर्दिवासमा मालमोत कार्यालय,यातायात कार्यालय लगायतका विभिन्न कार्यालयहरु स्थापना गर्न सफल भइएको स्थानियहरु बताउछन । तथापी सोहि क्षेत्रबाट उम्मेदवार बनेका केशव कुमार पोखरेल,खेम कुमारी भुर्तेल,गणेश बहादुर आले,पोपाल बहादुर कार्की,जय कुमार साह,पुजा घिमिरे,मनु प्रसाद अधिकारी,मनोज कुमार महतो,राज किशोर साह,राम प्रगास महतो,शिव बहादुर खड्का र संजिव साह सोनार समेत विभिन्न दल र स्वतन्त्र उम्मेदवार रहेकोमा परिणाम कसको पक्षमा जाने भन्न गार्हो छ ।
यता क्षेत्र नं. २ मा लोसपाको तर्फबाट गठबन्धनले शरत सिंह भण्डारीलाई उम्मेदवार बनाएकोमा उनी राजनितिका पोख्त खेलाडी भएकोले उनलाई हराउन सहज नहुने उनका समर्थकहरुको भनाई छ । तथापी एमालेले उनको प्रतिपक्षमा राम परिक्षण यादवलाई उम्मेदवार बनाएकोमा यादव समेत राजनितिका जानकार उम्मेदवार रहेको बताईन्छ । यता जनमत पार्टीले उमेश कुमार यादव,राष्ट्रीय स्वतन्त्र पार्टीले पवन कुमार झा,नेपाल संघिय समाजवादी पार्टीले प्रदिप कुमार यादव,तमलोपाले विजय कुमार सिंह,जनजागरण पार्टी नेपालले विश्वनाथ पासमान,राप्रपा नेपालले शिचन्दर यादवलाई शरत सिंह भण्डारीको विपक्षमा उठाएकोमा उनीहरु समेत मत रुझाउन प्रयासरत देखिएका छन । यता सोहि क्षेत्रबाट अजय कुमार महतो,अजित कुमार साह,जवाहर कान्त साह,तारजन कुमार बैठा,मुराी लाल चौधरी,राजेश प्रसाद साह,राम पुकार साह,राम विजय भण्डारी र सत्य नारायण साह स्वतन्त्रबाट उम्मेदवार छन ।
त्यसतै क्षेत्र ३ मा लोसपाका राष्ट्रीय अध्यक्ष महन्थ ठाकुर आफै चुनावी मैदानमा रहेकोमा यस क्षेत्रको प्रतिस्पर्धा भने रोचक हुने देखिएको छ । यहा उनकै शिष्य बृषेशचन्द्र लालले उनलाई तमलोपाबाट चुनौती दिएका छन । कुनै बेला ठाकुरका विश्वासपात्रको रुपमा परिचित राजनितिक विश्लेषक र विज्ञ लाल पार्टीबाट असन्तुष्ट भई तराई मधेश लोकतान्त्रिक पार्टी दर्ता गरेर पार्टीको नेतृत्व गरेका हुन । उनले मनोनयन दर्ताको समय आफ्नो राजनितिक गुरु ठाकुरलाई सम्बोधन गर्दै अव उहाको विश्राम गर्ने समय भएको प्रतिकृया दिएका थिए । यता सोहि क्षेत्रबाट ठाकुर र लाललाई जसपा एमाले गठबन्धको तर्फबाट जसपाका प्रभावशाली नेता हरि नारायण यादव टक्कर दिन कम्मर कसेका छन । क्षेत्रको अति लोकप्रिय र जसपा पार्टी भित्र निक्कै प्रभावशाली रहेका यादव भने ठाकुरलाई हराएरै छाड्ने बताउछन । तथापी यि तिनजना योद्धाका विच एमालेबाट बागी बनेका राम आधार कापर समेत चुनावी मैदानमा छन । विभिन्न पटक स्थानिय र प्रदेशकै चुनाव लडेर सफलता हासिल गर्न नसकेपनि चुनावको अनुभव निक्कै बटुलेका कापर सवैलाई पछार्दै आफु नै यस पटक सफल हुने दावी गर्छन । उनी विभिन्न राजनितिको गणितिय समिकरण हेर्दा क्षेत्रमा सवै उम्मेदवार भन्दा वढी मत ल्याउने दावी गर्छन । तथापी सोहि क्षेत्रबाट सरविन्द यादव स्वतन्त्र,शरत चन्द्र मिश्र स्वतन्त्र,शंकर प्रसाद कापर स्वतन्त्र,विनय कुमार यादव स्वतन्त्र,रामबाबु सिंह स्वतन्त्र,राम इकवाल मण्डल राष्ट्रीय जनमुक्ती पार्टी,युसुफ साफी स्वतन्त्र,मृगेन्द्र यादव जनमत पार्टी,मंगलदेव ठाकुर स्वतन्त्र,प्रदीप कुमार यादव स्वतन्त्र,जिवछी देवी नेश्नलिष्ट पिपल्स पार्टी,गुलाव कुमारी देवी मण्डल राष्ट्रीय प्रजातन्त्र पार्टी नेपाल,कुल भुषण शेखर शर्मा स्वतन्त्र,ओम प्रकाश यादव नेपाल सदभावना पार्टी,एल्सा झा एकीकृत शक्ति नेपाल इलियास अंसारी नेपाल संघिय समाजवादी पार्टी र ईन्द्र कुमार यादव स्वतन्त्रबाट उम्मेदवार छन ।
एल्सा झाले भने जनताको मत आफ्नो पक्षमा रहेको र क्षेत्र नं. ३ ले यसपाली युवा नेतृको रुपमा आफुलाई सफल बनाउनेमा आफु विश्वस्त रहेको बताएकि छिन ।
त्यसतै क्षेत्र नं. ४ मा गत निर्वाचनमा भारी मतले विजयी भएका डा.सुरेन्द्र यादवले भने पुनः यस पटक आफुलाई नै जनताले सफल बनाउने बताउछन । चिकित्सा क्षेत्रसंग जोडिएका डा. यादव सोहि क्षेत्रको प्रभावशाली नेता समेत रहेकोमा सत्ता गठबन्धनले उनलाई टक्कर दिन नेपाली काँग्रेसका प्रभावशाली नेता तथा नेपाली काँग्रेस महोत्तरीका पुर्व अध्यक्ष महेन्द्र कुमार रायलाई चुनावमा उतारेको छ । क्षेत्रमा राम्रो प्रभाव रहेको राय र डा. यादव दुवै अहिले चुनावको तयारीमा पुर्णरुपमा लागिसकेकोमा दुईजनाको कडा टक्कर हुने स्थानियहरुको भनाई छ । तथापी सोहि क्षेत्रबाट हाम्रो पार्टी नेपालले सुवराती मंसुर,राष्ट्रीय जनमुक्ती पार्टीले राम दुलार मण्डल, जनता प्रगतिशिल पार्टी नेपालले शिवजी यादव,नेपालका लागि नेपाली पार्टीले महेन्द्र मण्डल,बहुजन एकता पार्टीले दिलिप राम,जनमत पार्टीले मनोज कुमार साहलाई चुनावमा उतारेको छ भने स्वतन्त्रबाट क्रमश ः कामेन्द्र कुमार कमल,कृष्णदेव कुमार यादव,रामजी राय,विजय कुमार साह,विजयेन्द्र कुमार यादव र सुधिर कुमार यादव समेत चुनावी मैदानमा छन ।सभार महाेतरी संचार डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर