Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

लकडाउन व्यवस्थित बनाउन सरकारले ८२हजार प्रहरी गरयाे परिचालन

प्रतिक्षा खबर
२०७७ बैशाख १४, आईतवार १६:०६

कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सरकारले चारै सुरक्षा निकायहरु सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका गरी ८२ हजार ६ सय ५० सुरक्षाकर्मीहरु परिचालन गरेको छ ।
सरकारले कोरोना भाइरसलाई रोकथाम र नियन्त्रण गर्न खडा गरेको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आइतबार पत्रकार सम्मेलन गरी उक्त संख्याको बारेमा जानकारी दिएको हो।
छाउनीमा रहेको सीसीएमसी अन्तरगत रहेको शान्ति सुरक्षा व्यवस्था अन्तरगत लकडाउनको आदेशलाई पूर्ण रुपले कार्यान्वयन गर्न सेनाका ७ हजार ४ सय ८६, प्रहरीका ४२ हजार १२, सशस्त्र प्रहरीका ३१ हजार एक सय ५५ र राष्ट्रिय अनुसन्धानका एक हजार ९ सय ९७ सुरक्षाकर्मीहरु परिचालित भएका हुन्।
नेपालको अन्तर्राष्ट्रिय सीमानाकाबाट आवागमनमा कडाइका साथ निगरानी गर्नको लागि सशस्त्रका ६ सय ५० चेक पोष्ट रहेकोमा हाल बढाएर एक हजार दुई सय १३ कायम गरिएको र २२ हजार ६ सय १६ जनशक्ति खडा गरिएको सीसीएमसीले जनाएको छ।
यस्तै, नेपाल–भारत सीमापारी क्‍वाारेन्टाइनमा रहेका नेपालीहरुको विवरण सिमाना जोडिएका जिल्ला प्रमुख जिल्ला अधिकारीमार्फत् संकलन गर्ने कार्य भइरहेको सीसीएमसीले जनाएको छ।
सीसीएमसीले हालसम्मको तथ्यांक अनुसार नेपाल–भारत सीमा नाकामा नेपालतर्फ एक हजार ७६ जना भारतीय र भारततर्फ दुई हजार २० नेपाली नागरिकहरु क्‍वारेन्टाइनमा रहेको जानकारी दिएको छ।
हालसम्म लकडाउन उल्लंघन गर्ने ९९ हजार चार सय १९ सर्वसाधरण र ४३ हजार सात सय ६१ सवारी साधन प्रहरी नियन्त्रणमा लिइएको सीसीएमसीले जनाएको छ। जसमध्ये ९९ हजार चार सय १४ सर्वसधारण र ३५ हजार चार सय २३ सवारी साधन नियन्त्रणमा लिएर छाडिएको सीसीएमसीले जनाएको छ।
यस्तै, हालसम्म देशभर ३९ हजार आठ सय २४ क्‍वारेन्टाइन बेड र ३० हजार आइसोलेसन बेड संख्या व्यवस्थापन भएको सीसीएमसीले जनाएको छ। वैशाख १३ सम्मको विवरण अनुसार १४ हजार ७ सय ३१ जना क्‍वारेन्टाइनमा रहेको र ८७ जना आइसोलेसनमा छन्।
पत्रकार सम्मेलनमा हालको अवस्था र हुन सक्ने महामारीको आंकलन एवं मूल्यांकन गरी सोहि अनुसार भविष्यमा चाल्नु पर्ने कदमहरुको कार्यनीति पनि बनाउने कार्य भइरहेको जनाएको छ। उक्त कार्यको लागि सीसीएमसीले स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा, शान्ति सुरक्षा र मिडिया तथा सूचना प्रविधि लगायतका विषयहरुमा समन्वयत्मक भूमिका निर्वाह गर्दै आइरहेको बताएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर