Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते

प्रतिक्षा खबर
२०८३ जेष्ठ २०, बुधबार ११:२०

साेनमा –  सोनमा गाउँपालिका वडा नं ३ स्थित खखना दक्षिणबारी टोलमा चोरीको प्रयास विफल पार्ने क्रममा गोली प्रहार हुँदा दुई जना घाइते भएका छन ।घाइते हुनेहरुमा दुवैजना श्रीमान श्रीमती रहेका छन् ।

मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्न खोजिरहेका थिए ।घर भित्र प्रवेश गर्न आएका  ५/६ जना अपरिचित व्यक्तिसँग भएको प्रतिवादका क्रममा साेनमा गाउँपालिका वडा नं ३काे २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रतिवादका क्रममा ती व्यक्तिहरूले चलाएको गोली लागेर दम्पती घाइते भएका हुन् । घाइते दुवै जनाको नजिककाे जानकी एकेडेमीक हस्पिटल पर्सामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुरधाम पठाइएको छ ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको तथा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार चोरीको उद्देश्यले घरमा प्रवेश गरेका व्यक्तिहरूसँग भएको प्रतिरोधका क्रममा उक्त घटना भएको हो । प्रहरीले घटनाको सबै पक्षबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर