Advertisement
ताजा खबर

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

प्रतिक्षा खबर
२०८२ चैत्र २०, शुक्रबार २३:००

 

२० चैत, काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

अग्रवाल शुक्रबार दिउँसै पक्राउ परेको स्रोतले बतायो । अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएर  अहिले राति नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर