Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

धुलो उडेपछि राजविराज-भारदह सडक स्थानीयले गराए अवरुद्ध

प्रतिक्षा खबर
२०८२ चैत्र २५, बुधबार १४:१५

२५ चैत, सप्तरि । सप्तरीको राजविराज- भारदह सडक खण्डअन्तर्गत तोपा बजारमा स्थानीयहरूले बुधबार  सडक अवरुद्ध गरिएको छ । निर्माणाधीन क्षेत्रमा अत्यधिक धुलो उडेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

चैत महिनाको सुख्खा मौसमसँगै चलेको तीव्र हावाहुरीका कारण सडक क्षेत्रमा अत्यधिक धुलो उड्दा ठूलो सास्ती भोग्नु परेको स्थानीय राजन यादवले बताए ।

निर्माण कार्य भइरहेका बेला सडकमा नियमित रूपमा पानी नछर्किदा धुलोको समस्या झन् बढेको स्थानीयहरुले बताए। दिनहुँ सयौंभन्दा बढी माइक्रोबस तथा अन्य सवारीसाधन सञ्चालन हुने यस व्यस्त सडकमा धुलोका कारण यात्रु, चालक र पैदलयात्री सबैले सास्ती खेप्नु परेको उनीहरुले गुनासो गरेका छन् ।

धुलोले वातावरण प्रदूषण बढाउनुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर पारेको स्थानीयको भनाइ छ । यही समस्यालाई लिएर आक्रोशित स्थानीयवासीहरूले सडक अवरुद्ध गर्दै निर्माण कम्पनीले तत्कालै धुलो नियन्त्रणका लागि नियमित रूपमा पानी छर्कने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

जिम्मेवार निकाय सडक डिभिजन लहानले समयमै ध्यान नदिँदा समस्या झन् जटिल बन्दै गएको उनीहरूले गुनासो  गरे ।

सप्तरीमा निर्माणाधीन सडक लामो समय अलपत्र छोड्दा सर्वसाधारणहरुले समस्या खेप्नुपरेको छ ।

सडक डिभिजन कार्यालय लहानले २३ असार ०७९ मा साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिसँग २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा दुई वर्षको म्याद राखेर ठेक्का सम्झौता गरेको थियो । तर, सडक अहिलेसम्म बन्न सकेका छैन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर