Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

सप्तरी–२ मा दोहोरिएन इतिहास

प्रतिक्षा खबर
२०८२ फाल्गुन २६, मंगलवार १९:५६
 । प्रतिनिधि सभा अन्तर्गत सप्तरीको क्षेत्र नम्बर २ मा अहिलेसम्म कसैले सांसदमा निरन्तरता पाएको इतिहास छैन । यसपटक पनि सोही इतिहासले निरन्तरता पाएको छ ।

०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सो क्षेत्रबाट निर्वाचित भएका थिए । उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अघिल्लो निर्वाचनमा पराजित गरेका थिए ।

यसपटक पनि सप्तरी–२ मा सीके राउतले उम्मेदवारी दिएका थिए । सो क्षेत्रबाट सांसदका रूपमा दोहोरिन चाहेका राउत तेस्रो नम्बरमा गएर थन्किए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव सो क्षेत्रबाट निर्वाचित हुँदा जनता समाजवादी पार्टी नेपालका नेता उमेश यादव दोस्रो भए ।

सप्तरी–२ बाट ०७४ को निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । २०७९ मा उनी सोही क्षेत्रबाट उम्मेदवार बन्दै सांसदका रूपमा दोहोरिन चाहेका थिए । उक्त चुनावमा यादव पराजित भए । यादवलाई जनमत पार्टीका अध्यक्ष राउतले पराजित गरेका थिए ।

सप्तरी–२ स्व.गजेन्द्रनारायण सिंहको क्षेत्र हो । त्यो रामराजा प्रसाद सिंहको पनि क्षेत्र हो । त्यो क्षेत्र कांग्रेसका रामेश्वर प्रसाद सिंह र सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतको पनि हो । यस्ता ऐतिहासिक पुरुषहरूको सो क्षेत्रबाट कुनै पनि नेताले एक पटकभन्दा बढी चुनाव जितेका छैनन् ।

हुन त स्व.गजेन्द्रनारायण सिंहले २०३८ (जनमत संग्रह) २०४३ (राष्ट्रिय पञ्चायत), २०४८ (संसदीय चुनाव) र २०५१ (मध्यावधि) चुनाव जितेका थिए । २०५६ को निर्वाचनमा सिंह सो क्षेत्रमा पराजित भएका थिए । त्यहाँ कांग्रेसका रामकुमार चौधरी १७ मतको अन्तरले निर्वाचित भएका थिए ।

त्यतिबेला गजेन्द्रनारायण सिंहसँग काम गरेका शैलेश चौधरीका अनुसार गजेन्द्रनारायण सिंहलाई ‘षड्यन्त्रपूर्वक’ पराजित गरिएको थियो । ‘उहाँको विरुद्धमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय शक्ति पनि लागेको थियो,’ चौधरीले भने ।

२०६४ मा भएको संविधान सभा चुनावमा सो क्षेत्रमा गजेन्द्रनारायण सिंहकै पार्टी नेपाल सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भए । त्यसपछि २०७० मा भएको दोस्रो संविधान सभा चुनावमा तत्कालीन माओवादी केन्द्रका नेता उमेश यादव निर्वाचित भए ।

२०७४ मा भएको प्रतिनिधि सभा चुनावमा भने उपेन्द्र यादवसँग सो क्षेत्रमा उमेश यादव पराजित भए । अर्थात् उमेश यादव पनि सो क्षे    त्रबाट दोहोरिन सफल भएनन् ।

२०७९ मा चुनाव जितेका अध्यक्ष राउत हौसिएर यसपटक पनि सप्तरी–२ बाट उम्मेदवारी दिएका थिए, तर नौ हजार ८८० मत ल्याएर उनी तेस्रो स्थानमा थन्किए ।

अहिले रास्वपाका रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी भएका छन् । २०५६ को चुनावमा जसरी गजेन्द्रनारायण सिंह चुनाव हारेका थिए, यस क्षेत्रबाट दोहोरिन चाहने अन्यले पनि त्यस्तै अवस्था झेलेका छन् ।

२०५६ मा गजेन्द्रनारायण सिंह स्थानीय विकासमन्त्री थिए । यसका बाबजुद उनी पराजित भएका थिए । गजेन्द्रनारायण सिंहसँग लामो समय काम गरेका विकास तिवारीका अनुसार सप्तरी–२ यस्तो ठाउँ हो, जहाँका जनताले यहाँका नेतासँग पटक पटक परीक्षा लिएका छन् । जो मन्त्री भए, सरकारमा गए, सत्ताको नजिक गए, उनीहरूलाई त्यो क्षेत्रका जनताले कहिल्यै नपत्याएको उनको ठहर छ ।

सप्तरीमा विकासका साथै मधेसको पहिचानका लागि पनि लडेका उपेन्द्र यादवलाई समेत यस क्षेत्रका मतदाताले दोहोरयाउन चाहेनन् । जसपा नेपालका अध्यक्ष यादवले राजविराजमा अस्पताल, कलेज, मेडिकल कलेज, सडक सञ्जाललगायत थुप्रै क्षेत्रमा काम गरे पनि सत्तामा लामो समय अल्झेका कारण मतदाताको विश्वास जित्न असफल भए ।

२०७० मा चुनाव जितेका तत्कालीन माओवादी नेता उमेश यादव पनि मन्त्री भएका थिए । सिँचाइमन्त्री भएर उनले सप्तरीमा थुप्रै काम गरे । यद्यपि २०७४ को चुनावमा उनी सो क्षेत्रमा पराजित हुनु परयो ।

२०७९ मा चुनाव जितेका जनमत पार्टीका अध्यक्ष राउतले आफू सरकारमा नगए पनि आफ्नो पार्टीलाई सत्ताभन्दा टाढा राखेनन् । सत्ता र सरकारबाट सप्तरीमा उनले निकै महत्त्वपूर्ण काम गरे । विभिन्न योजना सुरुवात गरे, तर चुनावमा त्यहाँका जनताले उनीमाथि विश्वास देखाएनन् ।

गजेन्द्रनारायण सिंह संघीयतावादी, गणतन्त्रवादी, मधेसको मुक्तिका लागि जतिखेर पनि संघर्ष गरिरहने, नागरिकता तथा भाषाको कुरा उठाइरहने नेतामा पर्छन् । उनकै पथमा उपेन्द्र यादव, सीके राउत, उमेश यादवहरू पनि हिँडे । तर सप्तरी–२ का मतदाताले कुनै पनि नेतालाई लगातार दोहोरिनबाट रोक्दै आएका छन् । यो क्रमले अहिले पनि निरन्तरता पाएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर