Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

२४ घण्टामा थप १३५६ संक्रमित भेटिए

प्रतिक्षा खबर
२०७७ आश्विन ६, मंगलवार १८:३४

६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो ।
अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ । कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल सं‌ख्या ४८ हजार ०६१ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६४७ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा सुनसरीमा ७७ जना, रुपन्देहीमा ७४ जना, बाँकेमा ५८ जना, मोरङमा ५७ जना, सुर्खेतमा ४४ जना, सिराहामा ३३ जना, काभ्रेमा ३० जना, बर्दियामा २७ जना, तनहुँ र रुकुम पूर्वमा २५/२५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै चितवनमा २२ जना, झापामा २० जना, कपिलवस्तु र दाङमा १९/१९ जना, बाग्लुङमा १६ जना, बारा, कास्की र रोल्पामा १५/१५ जना, धनुषा र पर्सामा ११/११ जनामा संक्रमण पुष्टि भएको छ ।
रामेछापमा ९ जना, सप्तरी, मकवानपुर, नवलपरासी, पाल्पा र प्युठानमा ८/८ जना, लमजुङमा ६ जना, संखुवासभा, रौतहट, दोलखा र स्याङ्जामा ४/४ जना, धादिङ र पर्वतमा ३/३ जना, भोजपुर, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, अर्घाखाँची र गुल्मीमा २/२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
त्यस्तै उदयपुर, तेह्रथुम, धनकुटा, सर्लाही, नुवाकोट, दैलेख र कञ्चनपुरमा १/१ जना संक्रमित भेटिएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण नेपालमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर