Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण एक सुत्केरीको मृत्यु

प्रतिक्षा खबर
२०७७ श्रावण २३, शुक्रबार १३:४५

रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा प्रसुति गराउन आएकी महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षकी गंगादेवी महतोको शुक्रबार विहान मृत्यु भएको हो । शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो ।
तर महिलाको रक्तसमूह ओ पोजेटिभ रहेकामा अस्पतालले बी पोजेटिभ रगत चढाउँदा मृत्यु भएको आफन्तले बताएका छन् । महिलाको रगतको स्याम्पल दिएर अस्पतालका चिकित्सकले रगत ल्याउन रेडक्रसको रक्तसंचार केन्द्रमा पठाएको थियो । रक्तसंचार केन्द्रले ओ पोजेटिभको सट्टा बी पोजेटिभ रगत दिएर पठाएको र चिकित्सकले चेक नगरी सोही रगत चढाउँदा ती महिलाको मृत्यु भएको हो ।
हामीले घटनाबारे बुझेलगत्तै दुई जना चिकित्सकलाई पक्राउ गर्न लगाएका छौं’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘दुबैलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यसबारे गम्भीर छानबिन हुने बताउँदै प्रजिअ भट्टराईले दोषी देखिनेलाई कारवाही हुने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर