Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

संक्रमण शंकास्पद व्यक्तिहरु माथि निगरानी बढाउन मुख्यमन्त्री राउतको अनुरोध

प्रतिक्षा खबर
२०७६ चैत्र १२, बुधबार १५:१९

जनकपुरधाम, चैत १२ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणका शंकास्पद व्यक्तिहरु माथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गर्नु भएको छ ।
आज एक सन्देश जारी गर्नु हुँदै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्र बाट आएका संक्रमण शंकास्पद व्यक्तिहरुको पहिचान गरि आइसोलेशनमा राख्न तथा यस सम्बन्धमा कुनै पनि सहयोग वा सहायताको आवश्यकता परे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा प्रदेश स्तरीय एकीकृत सूचना केन्द्रमा सम्पर्क गर्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्नु भएको छ ।
उहाँले विश्व व्यापीरुपमा फैलिएको महामारी नियन्त्रण सरकारको प्रयासले मात्र सम्भव हुने नभएकोले निजी क्षेत्र, गैर सरकारी संस्था तथा सम्पूर्ण जनसमुदायलाई आ–आफनो तहवाट योगदान गर्दै राष्ट्रव्यापी लकडाउनलाई सफल पार्न अपील समेत गर्नु भएको हो ।

मुख्यमन्त्री राउतले यस संकटको घडीमा दैनिक उपभोग्य समानहरुको कृत्रिम अभाव सृजना गर्नेहरु माथि कडा कारबाही गर्दै दैनिक उपभोग्यको सामानहरु सहज र सुपथ मुल्यमा आम सर्वसाधारणलाई उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई निर्देशन समेत दिनु भएको छ ।
खुला सीमाका सबै नाकाहरुमा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउनुका साथै जनताको जिउधनको सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन समेत दिनु भएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर