Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

संक्रमण शंकास्पद व्यक्तिहरु माथि निगरानी बढाउन मुख्यमन्त्री राउतको अनुरोध

प्रतिक्षा खबर
२०७६ चैत्र १२, बुधबार १५:१९

जनकपुरधाम, चैत १२ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणका शंकास्पद व्यक्तिहरु माथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गर्नु भएको छ ।
आज एक सन्देश जारी गर्नु हुँदै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्र बाट आएका संक्रमण शंकास्पद व्यक्तिहरुको पहिचान गरि आइसोलेशनमा राख्न तथा यस सम्बन्धमा कुनै पनि सहयोग वा सहायताको आवश्यकता परे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा प्रदेश स्तरीय एकीकृत सूचना केन्द्रमा सम्पर्क गर्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्नु भएको छ ।
उहाँले विश्व व्यापीरुपमा फैलिएको महामारी नियन्त्रण सरकारको प्रयासले मात्र सम्भव हुने नभएकोले निजी क्षेत्र, गैर सरकारी संस्था तथा सम्पूर्ण जनसमुदायलाई आ–आफनो तहवाट योगदान गर्दै राष्ट्रव्यापी लकडाउनलाई सफल पार्न अपील समेत गर्नु भएको हो ।

मुख्यमन्त्री राउतले यस संकटको घडीमा दैनिक उपभोग्य समानहरुको कृत्रिम अभाव सृजना गर्नेहरु माथि कडा कारबाही गर्दै दैनिक उपभोग्यको सामानहरु सहज र सुपथ मुल्यमा आम सर्वसाधारणलाई उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई निर्देशन समेत दिनु भएको छ ।
खुला सीमाका सबै नाकाहरुमा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउनुका साथै जनताको जिउधनको सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन समेत दिनु भएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर