Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

देउवालाई भेट्न बालुवाटार पुगे भारतीय राजदूत

प्रतिक्षा खबर
२०७९ मंसिर १०, शनिबार १९:२३

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । देउवा र राजदूत श्रीवास्तबीच शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीका अनुसार भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्री चुनावका कार्यक्रममा लामो समयदेखि व्यस्त भएपछि भेट हुन पाएको थिएन । चुनावअघि आचारसंहिताका कारण कूटनीतिक वृत्तसँग भेट हुन सकेको थिएन । अहिले मतदान सकिएपछि भेट भएको हो,’ उनले भने, ‘भेटमा नेपाल भारत सम्बन्ध, समसामयिक विषयमा छलफल भएको हुनसक्छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टू वान’ छलफल भएको थियो । तर भेटमा के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन ।
भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुन सक्ने अनुमान गरिएको छ । शुक्रबार अपरान्ह राजदूतसँग भेट भएलगत्तै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार बिहान भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरूले बताएका छन् ।
निर्वाचनको परिणाम आउने क्रम जारी रहेकै बेला शनिबार विहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने निर्णय पनि प्रधानमन्त्री र प्रचण्डले गरेका छन् ।
‘विहानको भेटमा दुइटा विषयमा छलफल भयो । सम्पूर्ण नतिजा नआइसकेकाले निर्वाचनको सामान्य समीक्षा भयो’ परियारले भने, ‘गठबन्धनलाई इन ट्याक राखेर सरकार गठन सहित अरु विषयमा छलफल गर्न गठबन्धनका दलको बैठक बोलाउने सहमति बनेको छ ।
सरकारमा सहभागी दलहरूकै भावी सरकार बनाउने गरी छलफल गर्न बैठक बोलाउने दुई नेताबीच सहमति बनेको परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर