Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

डोटिम परिसंघ रामगोपाल मण्डलको संयोजकमा सिरहा जिल्ला समिति चयन

प्रतिक्षा खबर
२०८२ पुष ८, मंगलवार १२:३५

सिरहा, दलित, पिछडावर्ग, थारु, आदिवासी, जनजाति र अल्पसंख्यक मुस्लिम समुदायको परिसंघ (डोटिम) सिरहा जिल्ला अन्तरक्रिया कार्यक्रम गर्दै सिरहा जिल्ला भेला वाट १७ सदस्य जिल्ला समितिको घोषणा गरेको छ । डोटिम परिसंघ केन्द्रिय संयोजक चन्देश्वर पासमानले नव गठित समितिको नाम घोषणा गर्दै जसपा नेपाल राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र सिरहा जिल्ला अध्यक्ष अशोक यादवले टिकालगाई वधाई दिनुभएको थियो ।
केन्द्रीय संयोजक अध्यक्ष चन्देश्वर पासवानको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमले दलित, आदिवासी, थरु तथा अल्पसंख्यक समुदायका समस्या, अधिकार र राजनीतिक सहभागिताकालगाी यस डोटिमको गठन भएको र समाजको अन्तीम वर्ग सम्म राज्यको पहुँच नहुन्जेल देश विकास नहुने भएकोले डोटिमको गठन गर्नु परेको संयोजक पासमानले वताउँदै समाजको अन्तीम वर्ग सम्म पुग्नको लागी जिल्ला समिति निर्माण गर्दै जाने वताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी, जनजाति र अल्पसंख्यक मुस्लिम समुदायका अधिकार सुनिश्चित गर्न संगठनलाई थप सशक्त, अनुशासित र एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले संविधानले प्रदान गरेका हक–अधिकार व्यवहारमा कार्यान्वयन हुन नसक्दा यी समुदायहरु एक्ला एक्लै लडाइलडेर गन्तव्य सम्म पुग्न नसक्ने भएकोले अझै पनि पछाडि परेको उल्लेख गर्दै त्यसका लागि एकै ठाउँमा संगठित संघर्ष अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले DOTIM को भूमिकालाई अझ प्रभावकारी बनाउन जिल्ला तहदेखि वडासम्म संगठन विस्तार गर्नुपर्नेमा जोड दिए। उनीहरूले स्थानीय तहमा रहेका विभेद, असमानता र बहिष्करणका मुद्दालाई उठान गर्दै पार्टीमार्फत दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

अन्तरक्रिया सत्रमा सहभागी समुदायका अगुवाहरूले शिक्षा, रोजगारी, भूमि अधिकार, समान प्रतिनिधित्व र सामाजिक सुरक्षा जस्ता विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले राज्यका नीति तथा कार्यक्रमहरूमा दलित र अल्पसंख्यक समुदायको आवाज अझ मजबुत रूपमा समेटिनुपर्ने मागसमेत राखे।
उक्त कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथीको रुपमा मित्र राष्ट्रभारतवाट एव्क्ग् पार्टि झारखण्डका महासचिव डा. लम्वोदर महतो गुजरात वाट अक्षय कुमार ठक्कर उपस्थित् भई सम्वोधन गरेका थियो ।
जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा प्रदेशस्तरीय नेता–कार्यकर्ता, विभिन्न समुदायका अगुवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता भेलाले समुदायबीच आपसी समझदारी बढाउनुका साथै साझा मुद्दामा एकजुट हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमको अन्त्यमा अध्यक्ष चन्देश्वर पासवानले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संगठनलाई अझ सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम डोटिम परिसंघका महासचिव शशिकपुर मियाँले संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर