Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

विश्वासको मत पाएको भोलीपल्टै संकटमा जनमत सरकार

प्रतिक्षा खबर
२०८१ असार २४, सोमबार ०९:४२

जनकपुरधाम । प्रदेश सरकारको नेतृत्व पाएको एक महिना नपुग्दै जनमत सरकार संकटमा पर्ने संकेत देखिएको छ ।

संघमा कांग्रेस–एमाले गठबन्धन तयार भएपनि मधेशमा वर्तमान नेतृत्वलाई नै कायम रहन दिन दुवै ठूला दल करिब सहमत थियो । सोही अनुरुप शनिबार मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाए पनि । त्यसको चौबीस घण्टा नबित्दै परिस्थिति उल्टो हुने संकेत देखिएको हो ।

जनमतलाई के संकट पर्दैछ ?

संघमा बनेको गठबन्धनको आधारमा मधेश प्रदेशको सरकार टिकाउन जनमतलाई नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै दलको समर्थन अनिवार्य चाहिन्छ । दुई मध्ये कुनै एक दलले चित्त नबुझेर वैकल्पिक मार्ग अपनायो भने जुनसुकै बेला जनमत सरकार ढल्ने निश्चित छ ।

यतिबेला जनमतलाई कांग्रेस, एमाले र लोसपाको समर्थन प्राप्त भएको छ । सरकार बाहिर जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी र साना दलहरु छन् । यहीँ अवस्थामा कांग्रेस वा एमाले मध्ये कुनै एक दल बाहिर प्रतिपक्षीको रुपमा रहेका दलहरुको साथ खोज्यो भने तत्काल जनमतको सरकार ढल्ने निश्चित छ ।

समस्या कहाँ आइपर्यो ?

जनमत नेतृत्वको सरकारमा एमाले भौतिक पूर्वाधार मन्त्रालयसमेत चार मन्त्रालय लिएर सुरुदेखि सँगै छ ।

नेपाली कांग्रेसलाई अर्थ मन्त्रालय समेत चार मन्त्रालय उपलब्ध गराउन जनमत औपचारिक रुपमा सहमत भइसकेको थियो । सोही अनुरुप नेपाली कांग्रेसले शनिबारै साँझ चार जना मन्त्रीको नाम टुंग्याइसकेको थियो । लगत्तै सपथ ग्रहण कार्यक्रम राख्ने आन्तरिक तयारी पनि थियो ।

तर, मुख्यमन्त्रीले कांग्रेसलाई दिने चार मन्त्रालयबारे निर्णय नै गर्न सकेन । र, तत्कालका लागि सपथ ग्रहण कार्यक्रम आइतबारसम्मका लागि स्थगन गरियो ।

नेपाली कांग्रेसले आन्तरिक रुपमा क–कसलाई कुन मन्त्री बनाउने बारे पनि करिब निर्णय गरिसकेको अवस्था थियो । तर, आइतबार दिनभर पनि मुख्यमन्त्रीले निर्णय लिन सकेन । साँझ नेपाली कांग्रेसका प्रदेश सभापति एवम् संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वको टिम, एमाले संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार मन्त्री सरोज यादव टिम र जनमतका मुख्यमन्त्री सिंह नेतृत्वको टिमबीच मन्त्रालय टुंग्याउन औपचारिक छलफल सुरु भयो ।

बैठकमा बसेको करिब दुई घण्टा बितिसकेपछि जनमतका अध्यक्ष सिके राउतको सन्देश आयो, नेपाली कांग्रेसलाई अर्थ मन्त्रालय दिन सकिदैन । उक्त सन्देश सुन्ने बित्तिकै कांग्रेसका नेताहरु बैठकबाट बाहिरिएका छन् ।

बैठकपछि एमालेले पनि सहमति भइसकेको विषयबाट पछि हटेर जनमतले आत्मघाती काम गर्न खोजेको प्रतिक्रिया दिएका छन् ।

स्रोतको अनुसार मुख्यमन्त्रीले अर्थ मन्त्रालय दिए भोली (सोमबार) सम्म सरकारमा जान सक्ने सम्भावना छ । तर, अर्थ बाहेक जनमत नेतृत्वको सरकारलाई समर्थन गरिरहन नसक्ने कांग्रेसका एक जना प्रदेश नेताले न्यूज आजलाई जानकारी दिए ।

ती नेताले भने, ‘जनमत होसमा आएन भने यो सरकारको विकल्प खोज्न कांग्रेस अघि बढ्छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर