Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

स्थानीयको अवरोधपछि संक्रमितको शव व्यवस्थापनमा समस्या

प्रतिक्षा खबर
२०७७ श्रावण १३, मंगलवार १०:५७

स्थानीयको अवरोधपछि संक्रमितको
शव व्यवस्थापनमा समस्या देखिएको छ । शव व्यवस्थापनका लागि तोकिएको ठाउँका स्थानीयले विरोध गरेपछि अन्त्येष्टिमा समस्या भएको हो ।
कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएका पाँच जना संक्रमितको शव व्यवस्थापन तीन ठाउँमा भएको छ । स्थानीयको विरोधकै कारण कोरोना विशेष अस्पतालमा आइतबार मृत्यु भएका भारतीय नागरिकको शव व्यवस्थापन मध्यरातमा गरिएको छ ।
सोमबार मध्यरातमा तिलावे खोलाको किनारमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शवलाई खाल्डोमा गाडेको हो । शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको भएपनि स्थानीयले अवरोध गरेपछि प्रहरीले पनि सहयोग गर्दै आएको छ ।
स्थानीय प्रशासन र महानगरपालिकाले भनेको स्थानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि राति तिलावेमा संक्रमितको शव गाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिए । सोमबार वीरगञ्ज–३१ बेल्वाको जंगलमा शव व्यवस्थापनका लागि गएको नेपाली सेनाको टोलीलाई स्थानीयले बाटैमा रोकेका थिए ।
जेसिबी र ट्याक्टरसहित तोकिएको स्थानमा खाल्डो खन्न जान लागेको सेनाको टोलीलाई वीरगञ्ज–३२ टेढाका स्थानीयले बाटैमा रोकेका हुन् । गाउँको नजिक कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिने अडान स्थानीयले राखेका थिए ।
बेल्वाका स्थानीय नेता भिखारी मियाँ बस्ती नजिक संक्रमितको शव व्यवस्थापन नगर्न स्थानीयले अनुरोध गर्दै आएको बताउँछन् । गाई ,भैंसी चराउन, घाँस काट्न जंगल जाने गरेका छन् । जंगल छेउमा झवराह गाउँ पनि छ । गाउँ नजिकै जंगलमा शव व्यवस्थापन गर्दा गाउँमा कोरोना संक्रमण फैलिन सक्छ भन्ने डर स्थानीयमा छ,’ उनले भने, ‘गाउँभन्दा बाहिरका त्यसमाथि कोरोना संक्रमितको शव गाउँमा व्यवस्थापन गर्न हुँदैन भनेका हौं ।
नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणा उपयुक्त स्थानको छनौट नहुँदा शव व्यवस्थापनमा समस्या देखिएको बताउँछन्
गाउँदेखि टाढा निकुञ्जको जंगलमा लगेर शव गाड्दा स्थानीयलाई कुनै आपत्ती नहुने उनको तर्क छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर