Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

कोशी कोलोनी बस्तीमा पक्की सडक

प्रतिक्षा खबर
२०८१ चैत्र ९, शनिबार १८:३६

राजविराज, चैत ९ । राजविराज नगरपालिकासँग जोडिएको सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित कोशी प्रोजेक्ट कोलोनी बस्तीमा पक्की सडक निर्माण हुने भएको छ । ५९ लाख ९९ हजारको लागतमा निर्माण हुने उक्त पक्की सडक ढलान कार्यको शनिबार गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले शिलान्यास गरेका छन् ।

गाउँपालिका कार्यालयको ५५ लाख ८२ हजार ७१ रुँपैया तथा जनसहभागिताको ४ लाख १७ हजार ६ सय रुँपैयाको लगानीमा बन्न लागेको सडक २०८२ जेठ १५ गते भित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीसँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।

उक्त बस्तीमा ८० घरधुरी परिवार छन् । सडक ढलान निर्माण कार्य सम्मपन्न भएपछी ती परिवारका साथ साथै आसपासका बासिन्दालाई समेत सहज हुने अध्यक्ष यादवको कथन छ । उनले अति पुरानो बस्तीको रुपमा रहेको कोशी प्रोजेक्ट कोलोनीका बासिन्दाको सहज आवतजावतका लागि आफूले सडकका लागि पहल गरेको बताए । शिक्षा, स्वास्थ्य र कृषिका साथै बाटोघाटो निर्माण आफ्नो उच्च प्राथमिकतामा रहेको उनको भनाई छ ।

उक्त अवसरमा जसपा नेपालका गाउँकमिटी सचिव राहुल राय, वडा कमिटि अध्यक्ष देवनारायण यादव तथा स्थानीय भरभलादमीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर