Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले संघीयता सवल हुन्छ , मुख्यमन्त्री यादव

प्रतिक्षा खबर
२०८० चैत्र २३, शुक्रबार २१:३१

जनकपुरधाम, चैत २३ ।
मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताउनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मधेश प्रदेश र नेपाल कानून समाजको संयुक्त आयोजनमा आज जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावि रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले सो कुरा बताउनु भएको हो ।
नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तह बीचको समन्वयलाई व्याख्या नगरि संघीयतालाई नै कमजोर गर्ने काम गरेको भएपनि संघीयतालाई बलियो पार्न स्थानीय तह रप्रदेश सरकार बीच समन्वय गर्नुको विकल्प नरहेको बताउनु भयो ।
संघीयता मधेशलाई नै चाहिएको उल्लेख गर्नु हुँदै उहाँले स्थानीय तह र प्रदेश सरकारलाई एक जुट भएर अघि बढनु पर्ने बताउनु भयो । स्थानीय तहको परिषद बैठकमा समेत प्रदेशसभा सदस्यहरुलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराईए स्थानीय तहलाई फाइदै हुने बताउनु भयो ।
संघीयताले मधेशको गाँउ गाँउ सम्म विकासको अनुभूति गराएको दावी गर्दै मुख्यमन्त्री यादवले विगतका राजतन्त्र देखी प्रजातन्त्र सम्म मधेशले भोगेको हविगत सबै सामु छर्लङ्ग रहेको बताउनु भयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यन्यायधिवक्ता विरेन्द्र कुमार ठाकुरले मधेश सरकारबाट निर्माण भएको कानून कार्यान्वयनको अवस्था र चुनौती तथा नेपाल कानून समाजका कार्यक्रम निर्देशक मोहन लाल आचार्यले प्रदेश र स्थानीय तहको समन्वयको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका पूर्व सभापति पर्शुराम मेघी गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृह मन्त्री राजकुमार लेखी सहितका वक्ताहरुले आ–आफनो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा , मधेश सरकरका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, मधेश प्रदेश सभाका सभासदहरु, गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर