Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

‎मधेश प्रदेशको अस्मितामाथि प्रहार, जसपा नेपालको घोर आपत्ति

प्रतिक्षा खबर
२०८२ कार्तिक २४, सोमबार १२:४२

‎रामगाेपालपुर, कार्तिक २४ ।
‎मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले घोर आपत्ति जनाएको छ ।

‎जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहका अनुसार स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर निस्किएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र कानुनी मर्यादाको खुला उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटेलमा गुप्त रूपमा सरकार गठनको खेल खेलेकी छन् ।

‎साहले मुख्यमन्त्रीसँग राति ४ बजे उपचारका लागि विदा लिएर हिँडेकी भनिएकी प्रदेश प्रमुखले केही घण्टामै एमाले प्रदेशसभा सदस्य सरोज यादवलाई सपथ दिलाउँदै मधेश प्रदेशको अस्मिता र संघीयताको चीरहरण गरेकाे आराेप लगाउनु भयाे ।

‎सचिव साहले , “यस घटनाले न केवल संविधान र संघीयताको अपमान गरेको छ, बल्की मधेश प्रदेशको सम्मान र आत्मसम्मानमा ठेस पुर्‍याएको छ । यस्तो घृणित र गैरसंवैधानिक कार्यको जसपा नेपाल घोर निन्दा र भत्सर्ना गर्दछ।”

‎सचिव साहले “होटलमा बनेको सरकार स्वीकार्य छैन” भन्दै स्पष्ट चेतावनी दिएको छ कि संविधानको खिल्ली उडाउनेहरूले जनताको कठोर निर्णय भोग्नु पर्नेछ ।

‎जसपा,नेपालले सबै लोकतान्त्रिक शक्तिहरूलाई संघीयता, संविधान र मधेशको पहिचान र अस्मिता जोगाउने अभियानमा एकजुट हुन आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर