Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

नेपाल भारत सीमा क्षेत्रमा झडप हुदा प्रहरी जवान घाइते

प्रतिक्षा खबर
२०७७ श्रावण १०, शनिबार २१:२८

परोहा नगरपालिका-८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले हातपात गरेपछि झडप भएको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० चैत, २०७६ देखि सीमा नाका बन्द छ । तर भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलका जवानहरुले रोकेका थिए ।
तर उनीहरुले सुरक्षाकर्मीमाथि हातपात गर्न खोजेपछि विवाद भएको थियो । त्यस क्रममा भारतको पूर्वी चम्पारण कवैया पञ्चायत ६ खर्सलाहाका सीमा देवी कुशवाहाले आफूले बोकेको हसिया प्रहार गर्दा सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् ।
झडपका क्रममा भीडलाई तितरवितर बनाउन एक राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ । घटनाले उग्ररुप लिएपछि ११ नम्बर गण हेडक्वाटरबाट ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना सुरक्षाकर्मीको टोली परिचालन भएको थियो ।
सशस्त्र प्रहरी बल २ छिन्नमस्ता बाहिनीका डीआईजी कृष्णभक्त ब्रहृमचार्य समेत घटनास्थल पुथेका थिए ।
घटनमा संलग्न भारतीय नागरिक रविन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरी प्रहरी चौकी, नरकटियामा राखिएको थियो । अहिले सीमाक्षेत्रको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले बताएको छ । सभार अनलाइन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर