Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पार्टीको झण्डा प्रति जसपा नेपालकाे विज्ञप्ति

प्रतिक्षा खबर
२०८२ कार्तिक १८, मंगलवार १९:२५

जनकपुरधाम, १८ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको झण्डमा पाँच कुने तारा प्रयोग भएको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्न नहुने बताएको छ।

मंगलबार पार्टीका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा रहेको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्ने भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारालाई अन्य कुनै राजनीतिक दलले आफ्नो चूनाव चिन्ह दावी गर्ने सम्बन्धी सार्वजनिक संचार माध्यमहरूमा प्रकाशित समाचारहरूप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपालको झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न हुन आग्रह गर्दछौं। साथै यस सम्बन्धमा निर्वाचन आयोगसमेतको ध्यानाकर्षण गराउँदछौँ।’

यद्यपि, जसपा नेपालको झण्डा गोल घेराभित्र पाँच कुने तारा र उक्त ताराभित्र मुठ्ठी कसेको हात रहेको छ। जसपा नेपालको चुनाव चिह्न भने ढल्केको छाता हो।

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न ९ कम्युनिस्ट घटकबीच एकता भएर बन्न लागेको नेपाली कम्युनिस्ट पार्टीले पाँचकुने तारा चुनाव चिह्नका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर