Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

पार्टीको झण्डा प्रति जसपा नेपालकाे विज्ञप्ति

प्रतिक्षा खबर
२०८२ कार्तिक १८, मंगलवार १९:२५

जनकपुरधाम, १८ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको झण्डमा पाँच कुने तारा प्रयोग भएको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्न नहुने बताएको छ।

मंगलबार पार्टीका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा रहेको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्ने भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारालाई अन्य कुनै राजनीतिक दलले आफ्नो चूनाव चिन्ह दावी गर्ने सम्बन्धी सार्वजनिक संचार माध्यमहरूमा प्रकाशित समाचारहरूप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपालको झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न हुन आग्रह गर्दछौं। साथै यस सम्बन्धमा निर्वाचन आयोगसमेतको ध्यानाकर्षण गराउँदछौँ।’

यद्यपि, जसपा नेपालको झण्डा गोल घेराभित्र पाँच कुने तारा र उक्त ताराभित्र मुठ्ठी कसेको हात रहेको छ। जसपा नेपालको चुनाव चिह्न भने ढल्केको छाता हो।

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न ९ कम्युनिस्ट घटकबीच एकता भएर बन्न लागेको नेपाली कम्युनिस्ट पार्टीले पाँचकुने तारा चुनाव चिह्नका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर