Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मधेश प्रदेशमा नयाँ सरकारका लागि दाबी पेश

प्रतिक्षा खबर
२०८२ आश्विन २२, बुधबार १९:३०

२२ असोज, जनकपुरधाम। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिँदै नयाँ सरकारको लागि दाबी पेश गरेको छ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलले बहुमत सांसदको हस्ताक्षर सहित दाबी पेश गरेको हो।

नेकपा एमालेले आजै सतिशकुमार सिंहलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएका थिए ।

काङ्ग्रेस एमाले र जनमतले आजै प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दावी पेश गरिएको छ ।

एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गरिएको हो ।

१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।

जनमतबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले जिनजी आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरेका थिए। तर अवस्था सहज भएपछि उनले पछाडि राजीनामा नदिने अडान लिँदै सदन फेस गर्ने बताएका थिए ।

जनमत संसदीय दलको निर्णयलाई समेत सिंहले बेवास्ता गरेपछि गत भदौ ३१ गते उसले आफ्ना मुख्यमन्त्री मन्त्री सहित फिर्ता बोलाएको र सरकारबाट समर्थन फिर्ता लिएको पत्र सभामुख रामचन्द्र मण्डललाई बुझाएको थियो।

एक साताअघि मात्रै नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदै आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएको थियो। एमालेले भने सिंहलाई काँध थापेको थियो।

कांग्रेसले समर्थन फिर्ता लिइसकेपछि एमाले बाध्य भएर समर्थन फिर्ता लिएर नयाँ सरकारको लागि अघि बढेको हो। एक साताअघि नै एमाले, कांग्रेस र जनमत बीच सरकार बनाउने सहमति भएको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर