Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

कांग्रेस नेताहरूसँग महन्थ ठाकुरले गरे संवाद

प्रतिक्षा खबर
२०८२ आश्विन २१, मंगलवार २०:०१

२१ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका नेताहरूसँग संवाद गरेका छन् ।

कांग्रेस सभापति देउवाको सचिवालयले पनि लोसपा अध्यक्ष ठाकुरसँग कुराकानी भएको बताएको छ ।

लोसपाका अर्का नेताका अनुसार अध्यक्ष ठाकुरले भेटवार्तालाई तीव्रता दिएका छन् ।

दशैं अगाडि अध्यक्ष ठाकुर आफैँ मधेश प्रदेश गएर छलफल गरेका थिए । पार्टीभित्र र अन्तरपार्टी छलफल समेत गरेर उनी काठमाडौं फर्किएपछि उनले केन्द्रका नेताहरूसँग संवाद थालेका हुन् ।

नेपाली कांग्रेसले यही ८ असोजमा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीका नेता सतिशकुमार सिंह अल्पमतमा परेका छन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अब बन्ने गठबन्धनबाट सरकारको नेतृत्व लिने प्रयासमा लोसपा लागेको हो ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसद आवश्यक पर्छ । कांग्रेस (२२) एमाले (२५) मिल्दा ४७ मत पुग्छ ।

बाँकी दलहरू जनता समाजवादी पार्टी नेपालका १९ जना, जनमत पार्टीका १३ जना छन् । लोसपा र माओवादी केन्द्रका ९/९ जना छन् । नेकपा एकीकृत समाजवादीका ७ जना छन् । नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक जना छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर