Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

काम खोज्दै दिनहुँ विदेशिन्छन् २२ सय बढी युवा

प्रतिक्षा खबर
२०८१ फाल्गुन १२, सोमबार २०:४३

वैदेशिक रोजगार विभागका अनुसार माघमा मात्र ७२ हजार ४ सय ४१ ले श्रम स्वीकृति लिएका छन् । पुससम्म ३ लाख ९३ हजार ६७ ले श्रम स्वीकृति लिएकोमा माघसम्म कुल ४ लाख ६५ हजार ५ सय ८ ले श्रम स्वीकृति लिएका छन् । यो तथ्यांक अनुसार अहिले मासिक ६६ हजार ५ सय १ युवा विदेश जाने गरेको देखिन्छ ।

यसलाई दैनिक तथ्यांकमा हेर्दा २ हजार २ सय १५ जना विदेश जाने गरेको देखिन्छ । यस वर्ष गत आर्थिक वर्षको यसै अवधिको तुलनामा विदेश जाने युवा संख्या बढेको छ ।

गत वर्ष माघसम्म ४ लाख ५ हजार ५ सय ५२ युवाले श्रम स्वीकृति लिएका थिए । जस अनुसार मासिक ५७ हजार ९ सय ३६ युवा विदेशिन्छन् । जुन दैनिक १ हजार ९ सय ३१ हुन आउँछ ।

यस वर्ष माघमा मात्र ६५ हजार ३ सय ११ पुरुष र ८ हजार १ सय ३० महिला कामको खोजीमा विदेशिएका छन् । यस महिनामा ४४ हजार १ सय ८३ जनाले नयाँ श्रम स्वीकृति लिएका हुन् ।

यूएई प्रमुख गन्तव्य

यस वर्ष नेपालीको प्रमुख रोजाइ युनाइटेड अरब इमिरेट्स (यूएई) भएको देखिन्छ । विभागका अनुसार माघमा मात्र यूएईका लागि २५ हजार ३ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा २ हजार ९ सय ४० महिला छन् ।

माघ मसान्तसम्म यूएईमा मात्र १ लाख ४८ हजार १ सय ३३ युवाले श्रम स्वीकृति लिएको तथ्यांक छ । युएईका लागि ३१.८२ प्रतिशतले श्रम स्वीकृति लिएको देखिएको छ ।

यूएईमा साउनमा १७ हजार ५ सय ४१, भदौ १८ हजार ६ सय ५, असोज १७ हजार ७ सय २४, कात्तिक २३ हजार ६९, मंसिर २४ हजार ७ सय ६९ र पुसमा २१ हजार २ सय ११ जनाले श्रम स्वीकृति लिएका छन् ।

यूएईएपछि कतार, साउदी अरब, कुवेत, मलेसिया, रोमानिया, जापान, क्रोएसिया सहित देशमा बढी नेपाली गएको तथ्यांक छ ।

कुन महिना कति विदेशिए ?

यस वर्ष साउनमा ५९ हजार ५ सय ७५ जना विदेशिएको तथ्यांक छ । भदौमा ५७ हजार ४ सय ९३, असोज ५३ हजार ५ सय २५, कात्तिक ७० हजार ९ सय ९०, मंसिर ८४ हजार २ सय २६ र पुसमा ६७ हजार २ सय ५८ जना विदेशिएका थिए ।

माघमा ७२ हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् । चाडबाड लगत्तै नेपाली बढी विदेश जाने गरेको ट्रेन्ड देखिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर