Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

कविलासी नगरपालिकाको कामकाज ठप्प, सेवाग्राही मारमा

प्रतिक्षा खबर
२०७६ माघ १०, शुक्रबार १४:५२

सर्लाही : प्रमुख प्रशासकीय अधिकृत नहुँदा तीन सातादेखि कविलासी नगरपालिकाको कामकाज ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्।

सर्लाहीको कविलासी नगरपालिकामा अधिकृत नहुँदा तीन सातादेखि कामकाज ठप्प भएको छ। प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतो अन्यत्र सरुवा गराएर गएपछि नगरपालिकाको कामकाज यति लामो समयसम्म ठप्प भइको हो।

प्रमुख प्रशासकीय अधिकृत महतोलाई प्रदेश सभा सदस्य सञ्जय रायले आफू अनूकुल काम नगरे आक्रमण गर्ने सम्मको धम्की दिएको नगर प्रमुख कौशलकिशोर रायले जानकारी दिए। सरुवा भएर जानु अघि प्रमुख प्रशासकीय अधिकृत महतोले जिल्ला प्रशासन कार्यालय मलंगवामा सुरक्षाको माग गर्दै निवेदन दिए। कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर रायले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको नियमित कामकाज र विकास निर्माण ठप्प भएको बताए।

प्रदेश सभा सदस्य सञ्जय रायको आतंकले नगरपालिकामा जो प्रमुख प्रशासकीय अधिकृत आए पनि टिकाउनै गाह्रो परेको नगरप्रमुख रायले जानकारी गराए। शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो। यता प्रदेशसभा सदस्य रायले भने प्रमुख प्रशासकीय अधिकृत महतोलाई आफूले अनियमितता नगरी कानुनसम्मत किसिमले काम गर्न सचेत मात्रै गराएको दावी गर्दै आएको छ। उनले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा लागेको र आफूले त्यसलाई रोक्न खोजेको बताए।

प्रदेश सभा सदस्य रायको पार्टी समाजवादी पार्टी सर्लाहीले केही दिनअघि प्रेस विज्ञप्ति प्रकाशित गरी प्रदेश सभा सदस्य राय र प्रमुख प्रशासकीय अधिकृत महतोबीच भएको सामान्य विषयको कुरालाई अतिरञ्जित गरिएको दावी गरे। पछिल्लो समय कविलासी नगरपालिकामा राजनीतिक किचलो बढ्दा नागरिक चेपुवामा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा अहिले कविलासी नगरपालिका कार्यालय सुनासन जस्तै छ। अधिकृत महतो दोलखा जिल्लामा सरुवा गराएर गएपछि गएको पुस १६ गतेदेखि नगरपालिकाको काम ठप्प भएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर