Advertisement
ताजा खबर

परमेश्वर भेट्न भोकै वसेका ८३ जनाको मृ’त्यु

प्रतिक्षा खबर
२०८० बैशाख १५, शुक्रबार ०८:५६

केन्यामा पिता रमेश्वर भेट्न भोकै वसेका ८३ जनाको मृत्यु भएको छ। पछिल्लो पटक १० जनाको शव फेला परेपछि परमेश्वर भेट्ने विश्वासमा भोकै वसेर मृत्यु हुनेको संख्या ८३ पुगेको हो। यसरी भोकभोकै वसेर मृत्यु हुनेमा बालवालिका पनि छन्।
पछिल्लो पटक फेला परेका तीन जना बालबालिका श्वेतवस्त्र लगाएको पाइएको छ। परमेश्वरसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेको बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने जनाईएको छ। प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पुरयाइएको छ।
भोकै बसेमा परमेश्वर भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूहले उनीहरुलाई भोकै वसे परमेश्वरसँग भेट हुन्छ भन्ने आश्वासन दिएको पाईएको छ। प्रहरीले त्यो समुहको खोजी गरिरहेको छ। उनीहरु शाकाहोला जंगलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए। तर, दिनभर जंगलमा खोज्दा पनि उनीहरुलाई फेला पार्न नसकिएको जनाईएको छ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर