Advertisement
ताजा खबर
मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

प्रतिक्षा खबर
२०८२ असार ८, आईतवार ०८:२९

८ असार, काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् ।

उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको बताएका छन् ।

इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिएका छन् ।

ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’ उनले अब शान्तिको समय पनि आएको बताएका छन् ।

इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आत्रमण सुरु गरेको थियो ।  अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको हत्या गरिसकेको इजरायलले जनाएको छ ।

इरानको सबैभन्दा शक्तिशाली र सुरक्षित मानिन्छ फोर्दो न्युक्लियर प्लान्ट

इजरायलले इरानका फरमाणु केन्द्रहरुमा लक्षित गरी आक्रमण गरेको थियो । इजरायली आत्रमणबाट इरानका दुईवटा प्रमुख युरेनियम सम्वर्द्धन केन्द्रमध्येको एक नन्ताजमा आंशिक क्षति पुगे पनि फोर्दोमा कुनै उल्लेख्य क्षति भएको छैन ।

फोर्दो फ्यूल इनरिचमेन्ट प्लान्ट पहाड मुनि भूमिगत रुपमा बनाइएको छ । यो इरानको राजधानी तेहरानबाट करिब १ सय माइल तथा कोम सहरबाट २० माइल टाढा पर्दछ । यो केन्द्र जमिन मुनि करिब ८० मिटर गहिराइमा अवस्थित छ । यसलाई इरान र रुसका मिसाइल रक्षा प्रणालीहरूले संरक्षित गरिएको छ ।

बीबीसीका अनुसार यहाँ युरेनियमलाई ६० प्रतिशतसम्म संवर्धित गरिन्छ, जुन परमाणु बम बनाउने युरेनियमको सीमाको नजिक हो । यो सीमा ९० प्रतिशत पुगे विश्वकै लागि खतरा हुने इरान विरोधी देशहरुको चिन्ता छ ।

इरानको फोर्दो भूमिगत आणविक भट्टीलाई अमेरिकी बंकर बस्टर बमले मात्रै ध्वस्त पार्न सक्ने बताइन्छ । ट्रम्पले फोर्दोमा बमको पूरै पेलोड खसाइएको बताएका छन् । तर त्यो बम कस्तो खालको हो भन्ने स्पष्ट भइसकेको छैन । र, फोर्दो आणविक केन्द्रमा क्षति पुगे/नपुगेको जानकारी पनि प्राप्त भएको छैन ।

अमेरिकास्थित ह्युमन राइट्स एक्टिविस्ट न्युज एजेन्सीका अनुसार १३ जुनदेखि अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको र २००० बढी घाइते भएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० जना नागरिक मारिएको ३ हजार ५०० बढी घाइते भएको पुष्टि गरेको छ ।

यसैगरी इरानले गरेको आक्रमणबाट इजरायलमा २४ जना मात्र मारिएको दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर