Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

उपेन्द्र यादवद्वारा तौलिहवामा जिल्ला अधिवेशनको उदघाटन

प्रतिक्षा खबर
२०८२ जेष्ठ २३, शुक्रबार १९:२३

काठमाडौं २३, जेष्ठ । जनता समाजवादी पार्टी, नेपाल कपिलबस्तु कार्यसमितिको एकताको प्रथम जिल्ला अधिवेशनको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।

कपिलबस्तुको तौलिहवामा प्रमुख वक्ताको रुपमा जसपा नेपालका अध्यक्ष यादवले पानसमा बालेर उद्घाटन गरेसँगै आजदेखि जिल्ला अधिवेशन सुरु भएको हो ।
पछिल्लो समय देशब्यापी रुपमा जसपा नेपालको संगठन निर्माण अधियानले तीब्रता पाएसँगै यो अधिवेशनबाट कपिलबस्तुको जनस्तरमा पुग्ने र संगठन बिस्तार अभियानलाई थप प्रभावकारी ढंगले उचाईमा लैजाने लक्ष्य लिइएको छ ।

‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ पार्टीका मूल नारासहित सुरु भएको जिल्ला अधिवेशनले संगठन सुदृढीकरण, नीति–रणनीति र स्थानीय नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बाँके र बर्दियाको जिल्ला अधिवेशन उदघाटन सम्पन्न गरेर कपिलबस्तुको जिल्ला अधिवेशनको लागि अध्यक्ष यादवसहित जसपा नेपालको केन्द्रीय नेतृत्व शुक्रबार बिहान नेपालगञ्जबाट तौलिहवा पुगेको थियो ।

अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतका केन्द्रीय नेताहरु तौलिहवा अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
अधिवेशनमा जिल्लाका प्रतिनिधिहरू, स्थानीय नेताहरु, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर