Advertisement
ताजा खबर
जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार

☰

भारतले इंग्ल्यान्डलाई ४३४ रनले हरायो

प्रतिक्षा खबर
२०८० फाल्गुन ६, आईतवार १९:३३

६ फागुन,  ओपनर यशस्वी जैसवालको दोहोरो शतकको सहयोगमा भारतले तेस्रो टेस्ट खेलमा इंग्ल्यान्डलाई ४३४ रनले हराएको छ ।
जितको लागि ५५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा १२२ रनमा अल आउट भयो ।
इंग्ल्यान्डका मार्क वुडले १५ बलमा ६ चौका र १ छक्कासहित ३३ रन बनाउँदै टोलीको १ सय रन कटाएका थिए ।
जो रुट ७, जोनी बेयरस्टो ४ र बेन स्टोक्स १५ रनमा आउट भए ।
भारतीय स्पिनर सामु कुनै पनि इंग्लिस ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । रविन्द्र जडेजाले ५, कुलदीप यादवले २, रविचन्द्रन आश्विन र जस्प्रित बुमराहले १–१ विकेट लिए ।
भारतले दोस्रो इनिङमा ४३०–४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्‍यो ।
भारतका यशस्वी जैसवालले २३६ बलमा १४ चौका र १२ छक्कासहित २१४ रनको अविजित दोहोरो शतकीय इनिङ खेले । उनको टेस्ट करिअरको दोस्रो दोहोरो शतक हो ।
सरफराज खान ६८, शुभमन गिल ९१ र रोहित शर्मा १९ रनमा आउट भए ।
इंग्ल्यान्डका रेहान अहमद, टम हार्टली र जो रुटले १–१ विकेट लिए ।
इंग्ल्यान्ड पहिलो इनिङमा ३१६ रनमा अल आउट भएको थियो । समग्रमा पहिलो इनिङमा इंग्ल्यान्ड १२६ रनले पछि परेको थियो ।
ओपनर बेन डकेटले १५१ बलमा २३ चौका र २ छक्कासहित १५३ रनको इनिङ खेलेका थिए । बेन स्टोक्स ४१, जो रुट १८, ओली पोप ३९ र ज्याक क्रली १५ रनमा आउट भए ।
एक समय २२४–२ को बलियो अवस्थामा रहेको इंग्ल्यान्डको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कोल्याप्स भएको थियो ।
भारतका मोहम्मद शिराजले ४, कुलदीप यादव र रविन्द्र जडेजाले २–२ विकेट लिए ।
त्यसअघि राजकोटमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४४५ रनमा अल आउट भएको थियो ।
भारतका रोहित शर्मा १३१ र रविन्द्र जडेजा ११२ रनमा आउट भएका थिए ।
इंग्ल्यान्डका मार्क वुडले ४ र रेहान अहमदले २ विकेट लिए । पाँच खेलको टेस्ट सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । भारत पहिलो खेलमा २८ रनले पराजित हुँदा दोस्रो खेलमा १०६ रनले विजयी भएको थियो । चौथो टेस्ट २३ फेब्रुअरी र पाँचौं टेस्ट ७ मार्चमा सुरु हुने छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर