Advertisement
ताजा खबर
जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

काम नसकिंदै करेन्ट छाड्दा    सर्लाहीकाे बिजुली    कामदारको मृत्यु

प्रतिक्षा खबर
२०८२ जेष्ठ ३, शनिबार २०:५७

काठमाडौं। काभ्रेमा विद्युत प्राधिकरणको लापर्वाहीले गर्दा ११ केभी करेन्ट प्रवाह भइरहेको तारजडित टावरमा चढेर काम गर्दै गरेका एक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने २८ वर्षीय उपेस परियार छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मीनबहादुर घलेका अनुसार घटना काभ्रेको धुलिखेल नगरपालिका–७ सञ्जिवनी चोकमा भएको हो।

त्यहाँ रहेको ११ केभीको हाइटेन्सन लाइनको टावरमा चढेर तार जोड्न काम गर्दै गर्दा तारमा एक्कासी करेन्ट प्रवाह भएपछि परियारको मृत्यु भएको हो।

करेन्ट लागेर मृत्यु भएपछि परियार पोलमै अड्किएका थिए। प्रहरीले निकालेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल लगेको छ।

प्रत्यक्षदर्शीका अनुसार काम गरिरहेका बेला तार जडानको काम नसकिँदै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले लाइन छाड्दा परियारको मृत्यु भएको हो।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले टोली खटाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर