Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

जसले गिरिजाप्रसाद कोइरालालाई दक्षिण एसियाकै सबैभन्दा ठूलो नेता भने…

प्रतिक्षा खबर
२०८१ पुष १३, शनिबार १२:४०

१३ पुस, काठमाडौं । भारत स्वतन्त्र भएपछि उसले अँगालेको समाजवादी आर्थिक प्रणाली र सन् १९७० को दशकदेखि सुरु भएको चरम लाइसेन्स राजका कारण भारतको अर्थतन्त्र सन् १९९० मा आइपुग्दा जर्जर बनेको थियो ।

मुलुक त्यसबेला टाटपल्टिने अवस्थामा पुगेको थियो । सन् १९९१ मा भारतको विदेशी मुद्राको सञ्चिति एक अर्ब २० करोड डलर मात्रै थियो । त्यसले तीन साताको आयात पनि धान्दैनथ्यो । उसले खाद्यान्न, इन्धन, मललगायत किन्न सक्ने अवस्थामा थिएन, विदेशको ऋण तिर्न पनि नसक्ने अवस्था आउँदै थियो । अर्थात् केही सातामात्रै त्यही अवस्था कायम रहेको भए भारत टाटपल्टने निश्चित थियो ।

सन् १९९१ को भारतको आमचुनावअघि चुनावी सरकारमा यसवन्त सिन्हा अर्थमन्त्री थिए । उनी बिहारमा चुनावी प्रचारमा दौडिरहेका थिए, उता दिल्लीमा अर्थ मन्त्रालय र रिजर्भ बैंक अफ इन्डियाका उच्च अधिकारीहरु भने कसरी डलर जुटाउने भन्नेमा थिए ।

त्यो संकटबाट मुक्तिका लागि भारत रिभर्ज बैंकमा रहेको सुन धितो राखेर बेलायत र जापानबाट ४० करोड अमेरिकी डलर ऋण लिने निर्णय गर्नुपर्ने भयो । तर, त्यसमा अर्थमन्त्रीले सही गर्नुपर्ने भयो, जसका लागि सिन्हाले अर्थ मन्त्रालयका अधिकारीहरुलाई पटना नै बोलाए र सही गरेर पठाए, जुन भारतमा आर्थिक सुधारको पहिलो इँटा थियो ।

त्यसरी सुन धितो राखेर ‘डिफल्टर’ हुनबाट बालबाल बचाएको अर्थतन्त्र त्यसपछिका प्रधानमन्त्री पीभी नरसिंह रावको हातमा आइपुगेको थियो । र, त्यो अर्थतन्त्रको उद्दार गर्नसक्ने एकमात्रै सिपाहीका रुपमा रावले डा. मनमोहन सिंहलाई अर्थतन्त्रीमा छनोट गरे ।

त्यसअघि सन् १९८२ देखि १९८५ सम्म भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर रहेका र कहिल्यै राजनीति नगरेका डा. सिंहलाई रावले नै राज्यसभामा मनोनित गरेर अर्थमन्त्री बनाएका थिए ।

त्यसपछि पाँच वर्षको कार्यकालमा राव–सिंह जोडीले समाजवादी भारतलाई जुन गतिमा उदार अर्थव्यवस्थामा दौडाए, त्यसले भारतको उद्दार मात्रै गरेन, आज संसारकै पाँचौं ठूलो अर्थतन्त्र बन्ने आधार पनि बनायो ।

डा. सिंह लगातार दुईपटक प्रधानमन्त्री बनेर पूरा कार्यकाल चलाउने जहावरलाल नेहरुपछिका दोस्रा नेता हुन् । त्यस्तो अवसर हालका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पाए । प्रधानमन्त्रीका रुपमा यस्तो दुर्लभ अवसर पाएर १० वर्ष काम गरे पनि उनलाई भारत र विश्वले भारतका सबैभन्दा सफल अर्थमन्त्रीकै रुपमा चिन्छ । त्यसमा पनि उनले सन् १९९१ मा ल्याएको बजेटलाई आजसम्म भारतको ‘ल्याण्डमार्क’ बजेटका रुपमा चित्रित गरिन्छ ।

सन् १९९१ मा संकटोन्मुख अवस्थाबाट मुलुकको अर्थतन्त्रलाई उकास्न उनले के गरे त ? पुँजीवादी उदार अर्थव्यवस्था सुरु गरे, सन् १९९१ को उनको पहिलो बजेटमार्फत । स्थापनादेखि नै समाजवादी रहेको उनको आफ्नै पार्टी कांग्रेस र समग्र देशकै आर्थिक नीतिलाई ‘यू टर्न’ गर्न कहाँ सजिलो थियो र ?

उनले उनले निजी लगानीलाई प्रवद्र्धन गर्ने, निजीकरण गर्नेदेखि रासायनिक मल, खाना पकाउने ग्यास तथा पेट्रोलको भाउ बढाउनेसम्म नीति त्यसबेला अख्तियार गरेका थिए । कर घटाउने, रुपैयाँको अवमूल्यन गर्ने, उनले बजेट प्रस्तुत गरेपछि पहिलोपटक बसेको कांग्रेस पार्टीको बैठकमा दुईजनाबाहेक सबै सांसदले डा. सिंहले प्रस्तुत गरेको उदार बजेटको विरोध गरे, तर सिंहले त्यसको बचाउ गरे र गरिरहे ।

डा. सिंहले जुन सुझबुझ र अडानका साथ उदार अर्थव्यवस्था शुरु गरे, त्यो नै भारतको आर्थिक वृद्धिको इन्जिन बन्न पुग्यो ।

सन् १९९६ को चुनावमा कांग्रेस पार्टी हार्‍यो, भारतीय जनता पार्टीको गठबन्धनले चुनाव जित्यो । तर, डा. सिंहले शुरु गरेको आर्थिक नीतिले हारेन । त्यसपछि फेरि पनि यसवन्त सिन्हा नै अर्थमन्त्री बने, जसले उदार अर्थतन्त्रको गतिलाई धिमा हुन दिएनन् । उदार अर्थव्यवस्थालाई साँचो अर्थमा अघि बढाएको भारत आज संसारका सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने होडमा अघि बढ्न सकेको छ । त्यही भएर डा. सिंहलाई भारतको अर्थतन्त्रको ‘आर्किटेक्ट’ भन्ने गरिएको छ ।

डा. सिंह सन् २००४ मा पहिलोपटक प्रधानमन्त्री बने, तर त्यो उनी र सम्पूर्ण भारतका लागि नै अप्रत्यासित थियो । किनभने त्यसबेला कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धी नै प्रधानमन्त्री बन्ने निश्चितजस्तै थियो । तर, गान्धीको जन्म इटालीमा भएकाले उनलाई प्रधानमन्त्री मान्न नसकिने भनेर प्रतिपक्षले ठूलो विरोध गरेपछि उनले संसदीय दलको नेता छोडिन् र डा. सिंहलाई प्रधानमन्त्री बनाइन् । त्यही भएर उनलाई ‘अनिच्छुक प्रधानमन्त्री’ भन्ने गरिन्छ ।

भारतका लागि पूर्व नेपाली राजदूत तथा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय पनि डा. सिंह नेपाललाई माया र सम्मान गर्ने नेता भएको बताउँछन्

तर, त्यसपछि सन् २०१४ सम्म उनले भारतको प्रधानमन्त्रीका रुपमा १० वर्ष काम गरे । त्यसबेला सरकारमा पारदर्शिता ल्याउन सूचनाको हकसम्बन्धी कानून ल्याउने तथा ग्रामीण भारतीय नागरिकलाई कम्तीमा सय दिनको रोजगारी दिएर ज्याला दिने कल्याणकारी काम गर्ने काम उनले त्यसबेला गरेका थिए ।

सिंहले सधैं साधारण जीवन जिउँथे । अत्यन्तै सस्तो मारुती ८०० कार उनको सबैभन्दा प्रिय थियो । उनी प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्रीले चढ्ने कालो बीएमडब्लु कारभन्दा आफ्नो मारुती ८०० कार नै चढ्न रुची राख्ने गरेको उनको त्यसबेलाका बडीगार्ड असिम अरुणले एक्समा उल्लेख गरेका छन् ।

सिंह प्रधानमन्त्रीका रुपमा नेपालको भ्रमणमा कहिल्यै आएनन् । तर, नेपालमा २०६२-६३ को आन्दोलन हुँदा र दिल्लीमा तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे समझदारी हुँदा भारतको प्रधानमन्त्री उनै थिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिंहको निधनमा नेपालले एक असल मित्र गुमाएको बताए । ‘गिरिजाबाबुको स्वास्थ्यका कारण १२ बुँदे सहझदारी दिल्लीमा भएको हो, त्यसमा भारत सरकार वा त्यहाँका कुनै निकायको संलग्नत थिएन,’ डा. भट्टराई भन्छन् ।

तर, पछि नेपालको संसद्ले राजतन्त्र अन्त्य गर्ने बेलामा भने त्यसमा खासगरी त्यसबेलाको नेपालको संस्थापन (सरकार)ले भारतको पनि ‘ग्रिन सिग्नल’ लिएको हुनसक्ने डा. भट्टराईले अनलाइनखबरलाई बताए ।

भारत नेपालमा राजतन्त्र हटाउने विषयमा नेपालका राजनीतिक दलहरुले के गर्छन् भनेर ‘पर्ख र हेर’ को अवस्थामा रहेको अनुभव डा. भट्टराईले गरेका थिए । ‘माओवादीसँग भर्खर शान्ति प्रक्रियामा आएको थियो, जसलाई भारतविरोधी शक्तिका रुपमा लिइन्थ्यो,’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा राजतन्त्र अन्त्य हुँदा त्यो खाडल माओवादीले लेला र समस्या पर्ला कि भन्ने डर उनीहरुमा थियो । तर, नेपालका राजनीतक दलले गरेको निर्णयलाई आत्मसात गरेर अघि बढ्न डा. मनमोहन सिंहको उदार व्यक्तित्वका कारण पनि सम्भव भएको हो जस्तो लाग्छ ।’

नेपालका राजदूतसमेत रहिसकेका र नेपालका शक्तिहरुलाई नजिकबाट चिनेका श्यामशरण भारतको विदेश सचिव रहेका कारण पनि तत्कालीन प्रधानमन्त्री सिंहले यहाँको परिवर्तनलाई सहज रुपमा लिएको हुनसक्ने उनको बुझाइ छ ।

मनमोहन सिंहसँग बाबुराम भट्टराई ।

नेपालमा जनआन्दोलनपछि बनेको सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा डा. सिंह स्वयम् उनलाई स्वागत गर्न विमानस्थलमा आएका थिए । कुनै पनि विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा भारतका प्रधानमन्त्री नै विमानस्थलमा आउनु अत्यन्तै दुर्लभ कुरा थियो ।

त्यस क्रममा डा. सिंहले कोइरालालाई नेपालको मात्रै होइन, दक्षिण एसियाकै सबैभन्दा ठूलो नेता भनेका थिए । ‘तपाईं दक्षिण एसियाकै सबैभन्दा ठूलो नेता हुनुहुन्छ, हामी तपाईंलाई सम्मान गर्छौं र तपाईंप्रति गर्वानुभूति गर्छौं,’ डा. सिंहले भनेका थिए ।

त्यस हिसाबले डा. सिंहलाई नेपालको राजनीतिक परिवर्तनको साक्षीका रुपमा लिन सकिन्छ ।

आफू प्रधानमन्त्री भएका भारत गएका बेला भएका डा. सिंहसँग दुई मुलुकबीचको सम्बन्ध सुधारबारे निकै रचनात्मक सहमतिहरु भएको डा. भट्टराईको अनुभव छ ।

‘सन् २०११ मा प्रमको रूपमा मेरो भारत भ्रमणको क्रममा मैले नेपालको हितमा आफ्नै स्वविवेकले बिप्पा सम्झौता गरेको थिएँ । भारतीय प्र म मनमोहनजीसंग एक्लाएक्लै कुराकानी हुने क्रममा वहाँले त्यो सम्झौताबारे भारतको कुनै आग्रह छैन भन्नुभएको थियो र मैले नै नेपालको तीब्र आर्थिक विकासनिम्ति बाह्य लगानी आवश्यक छ त्यसैले हामी तयार छौं गरौं भनेर सम्झौता गरेको थिएँ,’ डा. भट्टराई भन्छन् । सम्झौतापछि ‘मैले ठूलो जोखिम उठाएको छु’ भनेको कुरालाई कतिपयले ‘मैले जुवा खेलेको हुँ’ भनेको भनेर आफ्नो बदनाम गर्ने प्रयास गरेको उनी बताउँछन् ।

प्रमको हैसियतमा आफूले प्रबुद्ध व्यक्तिको समूह (ईपीजी)मार्फत भारतसंगको १९५० को सन्धी, सीमा विवाद, खुला सीमाना लगायतका सबै समस्या एकमुष्ट रूपमा हल गर्ने पहल गरेको र मनमोहनजीको सकारात्मक भूमिका रहेको उनले बताए ।

माल्दिभ्समा भएको सार्क सम्मेलनमा क्रममा डा. सिंह र युसुफ गिलानीलाई आफूले सार्कको भविष्य तपाईंहरु दुई जनाको सम्बन्धमा निर्भर रहेको कुरा बताएको डा. भट्टराई सम्झन्छन् ।

भारतका लागि पूर्व नेपाली राजदूत तथा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय पनि डा. सिंह नेपाललाई माया र सम्मान गर्ने नेता भएको बताउँछन् ।

‘२०७२ सालमा संविधान बनेपछि भारतीय मिडियाहरुमा धेरै नै नकारात्मक कुराहरु आए, डा. सिंह आफैँले मलाई फोन गरेर संविधानको अंग्रेजी अनुवाद मगाइदिनुस् भन्नुभयो । अनुवाद गरेर त्यो मगाउनै करिब दुई महिना लाग्यो । जब उहाँले त्यो पढ्नुभयो, तब मिडिायामा आएजस्तो होइन रहेछ, तपाईंलाई धन्यवाद भन्नुभयो,’ उपाध्याय सम्झन्छन् ।

डा. सिंह, डा. करण सिंहजस्ता नेता नेपालको सार्वभामसत्ताको सम्मान गर्नुपर्छ र नेपालीहरुलाई अन्डरस्टिेमेट गर्नुहुन्न भन्ने खालको नेताहरु भएको उनी बताउँछन् । ‘हामीले विशेष अवसरमा बोलाउँदा स्वास्थ्यले साथ दिएसम्म आउने, कसैलाई भेटाउन खोज्दा भेट्ने गर्नुहुन्थ्यो,’ उपाध्याय भन्छन् ।

भारतको अर्थव्यवस्थाका आर्किटेक्ट तथा ‘रिलक्टेन्ट प्रधानमन्त्री’ डा. सिंहको बिहीवार साँझ भारतको नयाँ दिल्लीमा निधन भयो । उनको निधनमा विश्वभरका नेताहरुले शोक व्यक्त गरिरहेका छन्

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर