Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

असफलताको पथमा मधेश सरकार, चौतर्फी ‘नाकामयाब’

प्रतिक्षा खबर
२०८१ चैत्र ७, बिहीबार १०:११

जनकपुरधाम, चैत ७ । मधेश प्रदेश सरकार परिवर्तनको हल्ला चलेकै भरमा फर्जी अस्पतालको खोजीमा लागेका मधेश प्रदेश सरकारका मुखिया सतिशकुमार सिंहलाई चौतर्फी नाकामयावी हासिल भईरहेको छ ।

मधेश प्रदेश सरकार परिवर्तन हुने हल्ला पछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सिंहले आफ्नो जत्था सहित जनकपुरधाम उप–महानगरपालिकामा रहेको विना दर्ताको अस्पतालहरुमा छड्के गर्दै बन्द गराउँदै हिँडे । दर्ता नरहेको अस्पतालहरु बन्द गराए गराए मधेश प्रदेशको स्वास्थ्यम न्त्रालयमा नवीकरणको प्रक्रियामा रहेका अस्पतालहरु समेत बन्द गराए । जसको जनकपुरधाम उप–महानगरपालिकाका उप–प्रमुख किशोरी साहले खुलेरनै विरोध जनाएका थिए । उप–प्रमुख साहले भने–‘आफूहरुसंग विना कुनै समन्वय कै मधेश प्रदेश सरकारले थालेको अनुगमन शंकास्पद छन्, हाम्रो क्षेत्राधिकारमाथि प्रदेश सरकारले हस्तक्षेप गर्यो ।’ त्यस पछि जनकपुरधामका अस्पतालहरुको छडके बन्द भयो ।

यति मात्र होइन् सर्लाहीमा प्रदेश सरकारकै घटक नेपाली कांग्रेसका मधेश प्रदेशका उप–सभापति वीरेन्द्र सिंहले समेत मुख्यमन्त्री सिंहलाई चेतावनी दिए । उनले भने–‘मधेश सरकार स्टन्टबाजी गर्दैछन्, सर्वसाधारणलाई दुःख दिन हामी आएका होइनौं, स्टन्टबाजी बन्द नगरिए हामी सरकार बारे सोच्न बाध्य हुनेछौं ।’ त्यस पछि सर्लाहीका अस्पतालहरुको छड्के बन्दभयो ।

रौतहटमा समेत एउटा पालिकाले मधेश प्रदेश सरकारको निर्णयको विरुद्धमा गएर प्रदेश सरकारले बन्द गराएका अस्पताल स्थानीय सरकारले खुलाए । रौतहटका गरुडा नगरपालिका र चन्द्रपुर नगरपालिकाले मधेश प्रदेश सरकारको आदेश आवाज्ञा गर्दै त्यहा बन्द गराइएका अस्पतालहरु सञ्चालन गराएका थिए ।

अस्पताल अनुगमन र फर्जीको सर्टिफिकेट बाड्ने क्रममा मधेश प्रदेश सरकारको कार्याक्षेत्र ८ वटा जिल्लाका अधिकांश ठाउँमा सरकारलाई असफलतानै हात लागेको थियो ।

मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गरेपछि आँखा चिम्लेर हेरिएको प्रदेश कृषि विश्व विद्यालयमा समेत मधेश प्रदेश सरकारलाई असफलता नै हात परेको छ । मधेश प्रदेश सरकारले बर्खास्त गरेका उप–कुलपति र रजिष्ट्रारलाई फेरि अदालतले पदस्थापना गरिदिएको छ ।

मधेश प्रदेश सरकारले आज देखि शुरु भएको एसईई परीक्षामा समेत असफलता प्राप्त गरे । प्रदेश सरकारले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्नुपर्ने मुख्य माग सहित प्रस्ताव परीक्षा समन्वय समितिहरु समक्ष राख्दा त्यसको कडा प्रतिवाद गरिएको थियो । नेपाल सरकारले जुन विद्यालयमा परीक्षा केन्द्र हुन्छ त्यसको प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइने प्रावधान राखेको छ । तर, मुख्यमन्त्री सिंहको प्रस्ताव अपरिपक्व रहेको भन्दै शिक्षक संघ मधेश प्रदेश समितिलेनै विरोध जनाए ।

चौतर्फी असफलता प्राप्त गरिरहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने आवाज समेत उठ्न थालेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश सदस्य महाशंकर ठाकुरले मधेश प्रदेश सरकारका मुख्यमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरेका छन् ।

उनले भने–‘चौतर्फी नाकामयावी हासिल गरेका मुख्यमन्त्रीलाई सरकारको नेतृत्व गर्ने र सरकार चलाउन असफल भएका कारण नैतिकताको आधारमा राजिनामा दिईदिनुपर्छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर