Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?

प्रतिक्षा खबर
२०८१ फाल्गुन २०, मंगलवार २१:४१
काठमाडौँ । नेकपा माओवादी केन्द्र यतिवेला ‘जनतासँग माओवादी: तराई मधेस जागरण अभियान’ मा छ । फागुन १२ गतेदेखि सुरु भएको अभियान तराई–मधेसको हुलाकी राजमार्ग हुँदै चैत ७ गते कञ्चनपुरमा गएर टुंगिनेछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज गएका कारण आज (मंगलबार) भने अभियान एक दिनका लागि स्थगित छ । भोलिदेखि अभियान पुनः सञ्चालन हुनेछ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषामा कार्यक्रम सम्पन्न भइसकेका छन् । भोलि महोत्तरीबाट अभियान सञ्चालन हुँदैछ । माओवादी केन्द्रका शीर्ष नेतासहित तराई–मधेसमा भइरहेको सो अभियानलाई मधेस केन्द्रित दलका नेताहरूले सहज रूपमा लिएको छैन ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा.सीके राउत नेतृत्वको जनमत पार्टीलगायत दलका नेताहरूले सामाजिक सञ्जालदेखि विभिन्न मञ्चमा गरेको टिप्पणीले माओवादी केन्द्रको यो अभियानलाई नरुचाइएको पुष्टि हुन्छ ।

केहीअघि माओवादी छाडेर जसपा नेपाल प्रवेश गरेका महासचिव रामकुमार शर्माले माओवादी केन्द्रका उपमहासचिव एवं मधेस प्रदेशका इन्चार्ज मातृका यादवमाथि कटाक्ष नै गरेका छन् ।

सिरहाको वरियारपट्टीमा आयोजित कार्यक्रमको तस्बिर फेसबुकमा राखेर उनले ‘मधेसी भूमिमै मधेसबाट नाम मात्रको एक नेता मातृका प्रसाद यादवलाई पछुआ बनाएर हुर्मत लिने माओवादी पार्टीले मधेस मुक्तिको कुरा गर्दा सुहाएन । तस्बिर नै काफी छ ।

जसपा नेपालका महासचिवकोे टिप्पणीमा माओवादीका नेताहरूले प्रतिटिप्प्णी पनि गरेका छन् ।

लोसपा नेपालका महासचिव डा.सुरेन्द्रकुमार झाले पनि आफ्नो फेसबुकमा लेखेका छन्, ‘एक जना परजीवीले मधेसलाई मुक्ति दिलाउने रे !’ प्रचण्डले अभियानका क्रममा सिरहामा मधेसलाई माओवादीले मात्र मुक्ति दिलाउने बताएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । यही प्रतिक्रियामा महासचिव झालले लेखेका छन्, ‘पहिचानवादी मुद्दा छाडेर मधेसमा गएर मुक्तिको कुरा गर्न प्रचण्डलाई सुहाउँदैन, प्रचण्ड आफै परजीवी हुनुहुन्छ, उहाँलाई नै मुक्तिको आवश्यकता छ ।’

त्यस्तै जनमत पार्टीका उपाध्यक्ष ई. दीपक साहले पनि आफ्नो फेसबुकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो राखेर माओवादी केन्द्रको अभियानप्रति टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘सावधान ! सिकारी आएगा, जाल बिछाएगा, दाना डालेगा, लोभ से तुम उसमें फंसना नहीँ । (अर्थात् सावधान शिकारी आउँछन्, जाल बिछ्याउछन् चारा हाल्छन्, तर लोभमा फस्नु हुँदैन)

माओवादी जहाँ जान्छ, त्यहीँको जस्तो बनेर जनतालाई भ्रमित पार्ने काम गर्न थालेको पनि उनले आरोप लगाएका छन् । वर्षौँदेखि छलपूर्वक मधेसी आदिवासीको जमिनमाथि कब्जा जमाएको पनि गुनासो गरेका छन् । उपाध्यक्ष साहले लेखेका छन्, ‘उनीहरूले (माओवादीलगायत दल) मधेसीलाई नै मधेसबाट विस्थापित गर्न लागेका छन् ।’

त्यसबाहेक केन्द्रित दलका अन्य नेता तथा कार्यकर्ताहरूले पनि फेसबुकमा माओवादीको अभियानमाथि खरो टिप्पणी गरिरहेका छन् ।

प्रचण्डले सत्तामा हुँदा मधेसतिर फर्केर नहेरेको र सत्ताबाट झर्नेबित्तिकै मधेस याद आउने गरेको कतिपयले टिप्पणी गरेका छन् । कतिपयले भने सबैतिर कमजोर भइसकेको माओवादी मधेसी जनताको मन जित्न मधेस पसेको समेत तर्क गरेका छन् । प्रचण्डले सिरहामा ‘आफू माइती आएको जस्तो’ अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा यसबारे मधेसी नेताहरूले बढी आलोचना गरेका थिए ।

केन्द्रित दलका नेताहरूले त टिप्पणी र आलोचना गरेकै छन्, यस्तोमा राजनीतिबाट अलग भएर बसेका जेपी गुप्ता पनि मिसिएका छन् । कांग्रेसबाट अलग भएर लामो समय मधेस राजनीतिमा सक्रिय गुप्ता भ्रष्टाचारको मुद्दामा जेल परेर रिहा भएपछि राजनीतिक रूपमा स्वतन्त्र छन् ।  ‘सप्तरीमा हुनुहुन्छ । मेरै घर छेउको गाउँमा यो कुरो बोल्नुभयो । यताकाले अतिथि ठानेका थिए होलान् । बल्ल थाहा पाए होलान् कि सिरहाबाट संसद्को उम्मेदवार रहेको वेला तपाईंले बोल्नुभएको “मधेससँग प्रेम भएको छ” भन्ने कुरा वास्तवमा “हनी ट्रयाप” पो थियो !’ उनले लेखेका छन् ।

प्रधानमन्त्री ओलीको उछितो काढ्न प्रचण्ड मधेस झरेको उनले टिप्पणी गरे । ‘यस अर्थमा तपाईं उपेन्द्रजीको नजिक हुनुपर्ने कुरा हामीले सोच्नु ठिकै हुने लागेको थियो । तर, तपाईं त उहाँकै जिल्लामा पुगी उहाँको दलीय बिसर्जन हुँदै गएको सन्देश पो दिनुभयो,’ उनले लेखेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष जगत यादवले मधेसवादी दलका नेताहरूले गरेको टिप्पणीलाई हारको मानसिकताको संज्ञा दिएका छन् । रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘माओवादी केन्द्र तराई मधेसमा चलाइरहेको अभियानका कारण उहाँहरूको छटपटी देखिएको छ, उहाँहरूले गरिरहनुभएको टिप्पणी हारको मानसिकता हो ।’

मधेसलाई भ्रममा पारेर वर्षौँदेखि लुटेर खान पाएका मधेसवादी दलहरू र तिनका नेता अब त्यो गुम्न लागेको भन्दै छटपटाएका उनको आरोप थियो ।

‘मधेसको मुक्ति माओवादीले नै गर्ने हो, मधेसवादी दललाई त्यहाँका जनताहरूले विगत १०–१२ वर्षदेखि झेल्दै आएको हो, मधेस सरकार सात वर्षदेखि चलाएका छन्, १० प्रतिशतको कमिसन कार्यक्रमहरू बेचेर खाएको कुरा बाहिर आएको छ यी सबै अब बन्द हुने देखेपछि यो छटपटाहट देखिएको हो,’ उनले टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर