Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

सप्तरीको राजविराजमा लकडाउनमा फेरि कडाइ गरिएयाे

प्रतिक्षा खबर
२०७७ श्रावण ६, मंगलवार २०:५३

गत बिहीबार मृत्यु भएका वृद्धको सम्पर्कमा आएका ७ जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीको राजविराजमा फेरि कडाइ गरिएको छ ।
राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन गर्ने भन्दै मंगलबार नगर क्षेत्रमा माइकिङ गरेको छ । राजनीतिक दलका नेताका साथै उद्योग वाणिज्य संघका पदाधिकारीले समेत लकडाउन गर्न सुझाव दिएकाले बुधबारदेखि लकडाउन गरिने मेयर शम्भु यादवले बताए ।
यद्यपि जिल्ला प्रशासन कार्यालयले यससम्बन्धी निर्णय गरेको छैन ।
राजविराज नगरपालिका– ६ का ७२ वर्षीय प्रतिष्ठित व्यापारीको मृत्यु भएपछि उनका सम्पर्कमा रहेकाहरुको परीक्षण गर्दा परिवारका पाँच जना र पसलमा काम गर्ने दुई जनामा संक्रमण पुष्टि भयो ।
वडा अध्यक्ष प्रेम यादवका अनुसार बृद्वको कोरोना संक्रमित भएर मृत्यु भएलगत्तै उनका परिवार र कामदार गरी १९ जनाको स्वाब संकलन गरिएको थियो ।
तर वृद्धको घरमा काम गर्ने दुई महिला कामदारको भने परीक्षण गरिएको थिएन । स्थानीयको विरोधपछि उनीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।
मेयर यादवले मंगलबार मात्रै १ सय २६ जनाको स्वाब संकलन गरिएको बताए । ‘संकलन गरिएका स्वाबको नतिजा छिटो ल्याउन केही स्वाब गजेन्द्रनारायण सिंह अस्पतालमा जाँच्न दिइएको र केही विराटनगर पठाइएको छ’ उनले भने ।
कोरोना संक्रमण भएर मृत्यु भएका बृद्वको राजविराजमा दुई वटा ठूलो व्यवसाय छ । एउटा ग्यासको डिलर अर्काे बिऊबिजन तथा पशुपंक्षीजन्य औषधिको पसल छ । यो दुबै पसल एकै ठाउँमा छ ।
भारतमा बस्दै आएका वृद्वको परिवार यहाँ आएपछि आफ्ना कर्मचारीसँग बसेर हरहिसाब लिएको, पसलमा धेरै समय बिताएको उनकै कर्मचारी बताउँछन् ।
पसलमै रहेको बेला पनि उनीसँग भेट्न राजविराजका अन्य व्यापारी र शुभचिन्तक पुगेको उनका कर्मचारी बताउँछन् । उहाँसँग चिनजान र मित्रता भएका धेरै मान्छे आएर भेटघाट गर्नुभएको छ’ स्थानीय एक व्यक्तिले भने सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नु जरुरी छ ।
उनकै पसलमा काम गर्ने एक जना कामदार पनि कोरोना संक्रमित देखिएका छन् । तर यी संक्रमित पुरुष भने राजविराजको विभिन्न ठाउँदेखि विष्णुपुर गाउँपालिकासम्म पुगेको देखिएको छ ।उहाँको कन्ट्याक्ट ट्रेसिङ गर्दा विष्णुपुर गाउँपालिकासम्म गएर धेरै व्यक्तिसँग भेटघाट गरेको बुझेको छु’ वडा अध्यक्ष यादवले भने, ‘अन्य कुरा पत्ता लाग्दैछ । सभार अन लाईन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर