Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मिथिलाञ्चलमा आज तिला सङ्क्रान्ति मनाइँदै

प्रतिक्षा खबर
२०८१ माघ १, मंगलवार १५:३२

गोपाल झा

महोत्तरी, माघ १ गते मङ्गलबार

मिथिलाञ्चल सहितका क्षेत्रमा आज तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ ।  आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा आस्था र निष्ठाका साथै धुमधामसँग यो पर्ब मनाइँदै छ ।

प्रत्येक वर्ष माघ महिनाको १ गते यस क्षेत्रका प्रत्येक सदस्यले चिउरा, मुरही र तिलमा सख्खर हालेर बनाइएको लड्डु लाई , चुरलाई र तिलबाट बनेका तिलबा खाने चलन छ भने खिचडी र दही चिउराको भोजन गर्ने चलन रहेको छ । सोही अनुसार आज घरघरमा उक्त  पर्व मनाइँदै छ ।

मिथिला क्षेत्रमा प्राचिनकालदेखि माघ १ गतेको बिहान घरका सम्पुर्ण सदस्य नित्यक्रमपछि नुहाउने र सोही बेलादेखि चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन रहेकाले बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलभरि तिला सङ्क्रान्ति मनाई रहेका छन् ।

      त्यस्तै पर्बको दिन आज बिहान स्नान गरेपछी यहाँका गृहिणीले तिल, चिउरा र भुजाको लड्डु चामल , मासको दाल , साडी सहीतका सामग्रीहरु दान गर्ने प्रचलन समेत रहेकोले आफ्‌नो गच्छ अनुसार दान गरेकी छिन् ।

घरका ज्येष्ठ सदस्यले अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाई कुल देवतालाई चढाउने र पछि सोही सामग्रीबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै (हमर तिल बहवे) अर्थात् ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौँ, मैले भनेको गर्छौं’ भन्ने धार्मीक चलन अनुसार सबै सदस्यलाई खुवाउने गर्छीन् ।

        गाँउघर तिर यस पर्बमा घरका साना बालबालीकाहरुलाई बिहान नुहाउनकालागी आज बिहान नुहाँउँदा पोखरीमा जती डुबकी लगाँउँछ त्यती तिलको लडु पाउँछ भनेर ललाई फकाई स्नान गराए पछी तिल र चिउराको लडुबिहानै खान दिएर आगो जलाएर घुर ताप्न लगाउँछ ।

यो पर्वमा तिलका लडु , घिउ, खिचडी पापड जस्ता परिकार अनिवार्य रूपमा खाने र खुवाईने चलन छ । पौराणिक कथाका अनुसार, खिचडी भगवान् शिवको आविष्कार हो, जसले सैनिकहरूलाई सजिलोका लागि खिचडी बनाउन लगाए । यो परिकार स्वास्थ्यका लागि पनी लाभदायक मानिन्छ, जाडो महिनामा शरीरलाई तातो राख्न विशेष सहयोग गर्छ ।

      माघे संक्रान्तिमा तिलको लड्डु र खिचडीलाई विशेष महत्व दिइन्छ । पौराणिक कथाहरूमा भनिन्छ, शनिदेवले पिता सूर्यदेवलाई खुसी पार्नका लागि तिलले पूजा गरेका थिए । यसै कारण, मकर संक्रान्तिमा तिलको विशेष महत्व छ ।

यता थारू समुदायमा माघी पर्व सप्ताहव्यापी रूपमा मनाइन्छ । उनीहरूले परम्परागत ढिक्री, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने प्रचलनलाई निरन्तरता दिएका छन ्। यस दिनको पूर्वसन्ध्यामा मासु, जाँड, र ढिक्री खाई रातभर जाग्राम बसेर नृत्य गरिन्छ ।

माघे संक्रान्ति धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । ज्योतिष विज्ञानका अनुसार, सूर्य यस दिनदेखि उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्छ । यसले जाडो यामको अन्त्य र गर्मी यामको सुरुवातको संकेत गर्दछ । यस पर्वले स्वास्थ्य र समाजसँगको सम्बन्धलाई पनि प्रस्ट्याउँछ । मौसमी चक्रअनुसार खानपान शैली अपनाउने परम्पराले स्वास्थ्यलाई लाभ पुर्‍याउँछ । साथै, यो पर्वले परिवार र समाजलाई एकताको सन्देश दिन्छ ।

यो पर्वको तयारी एक महिना अघिदेखि नै सुरु हुन्छ । परम्परागत परिकारहरू बनाउन आवश्यक सामग्री संकलन गरिन्छ । माघे संक्रान्ति जस्तो पर्वले नेपाली संस्कृतिको विविधतालाई झल्काउँछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर