Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेसी दलहरू एकता होइन, मोर्चा बनाउन सकारात्मक

प्रतिक्षा खबर
२०८१ पुष २१, आईतवार १२:२१

काठमाडौँ । पछिल्लो समय मधेसी दलहरूबिच एकता र सहकार्यका लागि भेटवार्ता र छलफलहरू तीव्र हुँदै आएको छ । तर नेताहरू एकता गर्नमा भन्दा मोर्चा बनाएर अघि बढ्नुपर्नेमा सकारात्मक देखिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष अनिलकुमार झाले मधेसमा गठबन्धन बनाउनका लागि सबै तयार हुनुपर्ने बताएका छन् । मधेसी एकता सम्बन्धी राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा उनले एक अर्काको बारेमा टीकाटिप्पणी गर्न छाडेर सहकार्यका लागि तयार हुनुपर्ने बताए ।

‘कसले कहाँ के कमी कमजोरी गरे त्यतातिर अहिले जाने बेला होइन, सहकार्यका लागि सबै पक्षबाट पहल हुनुपर्छ, उनले भने ।

लोसपा नेपालका उपाध्यक्ष लक्ष्मणलाल कर्णले पनि विगतमा कसले के गरे त्यसको बारेमा टिप्पणी गर्दै जाने हो भने एकता वा मोर्चाबन्दी कहिले हुँदैन भन्दै सहकार्य तथा एकताका लागि सबै कुरा बिर्सेर लाग्नुपर्ने बताए ।

मधेसी युवा संजय यादवले संयोजन गरेको कार्यक्रममा उनले भने, ‘अहिलेको अवस्थामा एकता सम्भव छैन, मोर्चा बनाएर जानुपर्छ । कसै कसैले एकताभन्दा पहिले मधेसमा डायग्नोसिस हुनुपर्ने बताएका छन्, यदि डायग्नोसिसतिर लाग्यो भने सहकार्य हुँदैन त्यसैले अहिले सिर्फ सहकार्यको कुरा गर्नुपर्छ ।

जनता समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजकिशोर यादवले मधेसमा मधेसवादी दलको बिचमा सहकार्य वा एकता अपरिहार्य छ तर परम्परा ढङ्गले हुँदैन विशेष खालको सहकार्य हुनु आवश्यक रहेको बताए । ‘देशको स्थिति पहिला जस्तो छैन, अन्तर्राष्ट्रिय राजनीतिमा परिवर्तन आएको छ त्यसको प्रभाव नेपालमा पनि परेको छ, त्यो ढङ्गबाट पनि सोच्ने बेला आएको छ’, उनले थप भने, ‘मधेसले पनि अन्तर्राष्ट्रिय राजनीतिमा चासो लिएर आफ्नो रणनीति बनाएर अगाडि बढ्नुपर्छ ।’

मधेसीले आफ्नो क्षमता बढाउनुपर्छ र लडाइँको स्वरूप परिवर्तन गर्नुपर्छ भन्दै उनले आफ्नो अधिकार लिनका लागि सङ्घर्षको विकल्प नरहेको धारणा राखे ।

जनता समाजवादी पार्टीका उपाध्यक्ष रेणु यादवले मधेसको पार्टी अलग अलग भएपनि मुद्दामा एक रहेको बताइन् । जो जहाँ भएपनि आवश्यक परेको बेलामा एक ठाउँ आउनु नै ठुलो कुरा रहेको बताउँदै उनले देशको परिस्थिति अनुसार एकता र सहकार्यका लागि अगाडि बढ्नुपर्ने बताइन् ।

देशको राजनीतिक अवस्था हेर्दा दलहरूको बिचमा सहकार्य आवश्यक रहेको बताउँदै उनले सहकार्य वा मोर्चाबन्दीबाट कुनै पनि दल पछाडि हट्न नहुने बताइन् । विगतमा दलबाट भएको कमी कमजोरीको बारेमा पनि समीक्षा हुनुपर्ने उनले बताइन् ।

मधेसी युवा संजय यादवले देशको राजनीतिक परिस्थितिका कारण मधेसी दलबिच एकता हुनुपर्ने भन्दै त्यसको वातावरण बनाउन यो कार्यक्रमको आयोजना गरेको बताए । एउटै मुद्दा, एउटै विचार भएका पार्टीहरु अलग अलग लडाइ लडेर केही प्राप्त नहुने भन्दै उनले एक ठाउँमा आएर संयुक्त रूपमा सङ्घर्ष गरेमा मात्र केही प्राप्त हुने धारणा राखेका थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर