Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

भ्रष्टाचार मुद्दामा शहीदनगरका तत्कालीन मेयरले पाए सफाइ

प्रतिक्षा खबर
२०८० फाल्गुन १६, बुधबार २०:४४

१६ फागुन, धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन मेयर उदयकुमार बरबरिया र उपमेयर शिलादेवी कापरीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
शहीदनगर नगरपालिकाका तत्कालिन मेयर,उपमेयर र प्रमुख प्रशासकीयसहित सबैले सफाइ पाएका छन् ।
सडक निर्माणमा भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर बरबरिया, उपमेयर कापरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोसहित १२ जनामाथि २३ माघ २०७९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायाण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार अन्तिम फैसला सुनाउँदै सबैलाई सफाइ दिएको अदालतले जनाएको छ ।
शहीदनगर नगरपालिका–८ बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी काम भएको भनेर कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको अख्तियारको दाबी थियो ।
अख्तियारले इन्जिनियर सञ्जय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन लेखा अधिकृत नन्दकुमार झा, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी, सचिव मुकेश लखनदे यादव, लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियालाई पनि भ्रष्टाचार मुद्दा लगाएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर