Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

स्कुलमा फेरि बमको धम्की

प्रतिक्षा खबर
२०८१ पुष ५, शुक्रबार १५:०२

नयाँ दिल्ली । दिल्लीमा एकपटक फेरि बमले स्कुललाई उडाइदिने धम्की आएको छ । बिहान ५ः०२ बजे द्वारका सेक्टर ३ स्थित डीपीएस स्कुलमा बम राखेको धम्की आएको थियो ।

खबर पाएलगत्तै स्थानीय प्रहरी, बम डिस्पोजल टोली र दमकल घटनास्थलमा पुगेको थियो । विद्यालयको हरेक कुनामा खोज्दा पनि कुनै विस्फोटक पदार्थ फेला परेन । पछि उक्त सूचनालाई झुटो घोषित गरिएको थियो ।

यसैबिच राति ८ः ०७ बजे राफ्ता मोड जाफरपुर कलानस्थित न्यू कृष्णा मोडल पब्लिक स्कुलमा बम राखेको खबर प्राप्त भएको दमकल अधिकारीले बताए । प्रहरी टोलीले त्यहाँ अनुसन्धान सुरु गर्यो  ।

यहाँ अनुसन्धान चलिरहेका बेला बिहान ८ः ३९ बजे बाहिरी दिल्लीको पश्चिम विहारस्थित विशाल भारती पब्लिक स्कुलमा बम विस्फोटको धम्की आएको जानकारी प्रहरीले पायो ।

प्रहरी, बम डिस्पोजल टोली र दमकलले विद्यालयमा व्यापक खोजी सुरु गर्‍यो । तर कतै पनि शङ्कास्पद वस्तु भेटिएन । यसअघि पनि बेला बेलामा दिल्लीका विद्यालयमा बम राखिएको धम्की आएका थिए ।

डिसेम्बर ९ मा पनि दिल्लीका ४० भन्दा बढी विद्यालयमा बमको धम्की आएको थियो । अनुसन्धानका क्रममा प्रहरीले शङ्कास्पद वस्तु भने केही पनि फेला पारेन । यसपटक धम्कीपूर्ण मेल पठाउनेले बम विस्फोट रोक्न ३० हजार डलर मागेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर