Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

अदालतको ढोका सबैका लागि खुला छ’ जसपा अध्यक्ष राइ

प्रतिक्षा खबर
२०८१ बैशाख २७, बिहीबार १९:५०

विदेश रहेको बेला आफू नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटेर नयाँ दल जनता समाजवादी पार्टी गठन गरिएको र त्यो संविधान तथा कानुन विरुद्ध रहेको भन्दै उपेन्द्र यादवले अदालत जाने चेतावनी दिएका छन् । नयाँ दल जसपाका अध्यक्ष अशोक राईले भने अदालतको ढोका सबैका लागि खुला रहेको जवाफ दिएका छन् ।
नयाँ दल गठन भएपछि राईले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संविधान र कानुन सम्मत पार्टी गठन गरिएको बताए । पार्टीमा यादवले एकलौटी गरेको र भविष्यमा नेताहरूलाई बेवास्ता गरी पार्टीको जिम्मेवारीबाट बाहिर निकाल्ने तयारीमा लागेपछि पार्टी विभाजन गर्नुपरेको राईको भनाइ थियो ।
यादवले नयाँ दल दर्ताविरुद्ध अदालत जाने घोषणा गरिसकेको विषयमा सोधिएको प्रश्नमा राईले भने, ‘अदालतको ढोका सबैका लागि खुला छ । हाम्रो पार्टी अनियमिति, गैरसंवैधाानिक, गैरकानुनी ढंगले दर्ताको प्रयत्न भएको होइन । निर्वाचन आयोगले वकिलहरूको, कानुनविदहरूको बहस छलफल समेत गराएको हो । उहाँहरू जान सक्नुहुन्छ, अदालतको ढोका सबैका लागि खुला छ । संविधानसम्मत ढंगले नै दर्ता भएको पार्टीलाई अन्यथा हुने अवस्था होइन ।
पार्टी महासचिव मोहम्मद इस्तियाक राईले पार्टी कमिटीले गरेका निर्णय यादवले अस्वीकार गर्दा समस्या आएको र पार्टी विभाजनसम्म पुगिएको बताए । उनले यादवले अन्य पदाधिकारीको सहअस्तित्व स्वीकार नै नगरेको अवस्थामा र सैद्धान्तिक तथा सांगठनिक समस्या हुँदा अहिलेको स्थिति आउको बताए ।
संघीय संरचनामा रहेको मुलुकमा जसपा, नेपाललाई एक क्षेत्रको पार्टीमा रुपान्तरण गर्न यादव लागेपछि आफूहरूले विद्रोह गर्नुपरेको राईको भनाइ थियो । यादवले संगठनात्मक सिद्धान्त विपरीत व्यक्तिगत रूपमा चल्ने, आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने, जिल्ला र प्रदेश समितिहरूलाई अधिकारविहीन बनाउने र विघटन गर्ने लगायतका कार्य गरेकाले पार्टीमा समस्या आएको राईको भनाइ थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर