Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

राराब क्याम्पस सभापति मनिष यादव रातभर थुनामा

प्रतिक्षा खबर
२०८० आश्विन २५, बिहीबार १२:४६

जनकपुरधामको रामसागर रामसरुप बहुमुखी (राराब) क्याम्पस स्ववियू सभापति मनिष यादव रातभर थुनामा परेका छन् ।
बुधबार राति धनुषाको ढल्केवरस्थित सम्राट डान्सबारमा केटीको लफडामा विवाद भएपछि दुई पक्षबीच कुटाकुट भएको थियो ।
स्रोतका अनुसार डान्सबारमा केटीको विषयमा लफडा भएपछि संचालकले सभापति यादवसहित दुबै पक्षका व्यक्तिलाई बाहिर निकालेको थियो । बाहिर भएपछि झडप नै भएको र दुबै पक्षका एक/एक जना घाइते भएका छन् ।
झडप हुन थालेपछि इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी पुगेर सभापति यादवसहित केहि व्यक्तिलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
इप्रका ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले चोकमा दुई पक्षबीच झडप भएको बताए । झडपमा दुई जना घाइते भएको र सोही क्रममा सभापति यादवलाई नियन्त्रणमा लिएको बताए ।
प्रहरीले सभापति यादवलाई रातभर थुनामा राखेर आज विहान छाडिएको छ । प्रहरी निरीक्षक साहले दुबै पक्ष छलफल गरी विवाद मिलाउन सहमती गरेपछि आज विहान सभापति यादवलाई छाडिएको बताए ।
यादव नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघबाट स्ववियू सभापतिमा निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर