Advertisement
ताजा खबर

रौतहट-१ मा नेपाल र झाबीच रोचक भिडन्त

प्रतिक्षा खबर
२०८२ माघ १३, मंगलवार १८:४४

राैतहट, १३ माघ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर १ मा ३९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस क्षेत्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री अनिलकुमार झा प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन्, जहाँ दुवै यसपटक फरक दल र फरक चुनाव चिह्न लिएर मैदानमा उत्रिएका छन् ।

पूर्वप्रधानमन्त्री नेपाल नेकपा (एकीकृत समाजवादी) परित्यागपछि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् भने झा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् ।

एमाले, रास्वपा, जसपा नेपाल, जनमत पार्टीसहित विभिन्न दलका उम्मेदवार र उल्लेख्य स्वतन्त्र उम्मेदवारका कारण यो क्षेत्रको चुनाव रोचक बनेको छ । रौतहट–१ मा कुल १ लाख ८ हजार ७२६ मतदाता छन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर