Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव सम्पन्न

प्रतिक्षा खबर
२०८१ मंसिर १९, बुधबार २१:११

१९ मंसिर, जनकपुरधाम । सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव सम्पन्न भएको छ । जानकी मन्दिरबाट भार (कोसेली) लिएर राममन्दिर पुगेर तिल्कोत्सव विधि सम्पन्न भएको हो ।

तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनुअघि बेहुली पक्षले बेहुला अर्थात् बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ । तिल्कोत्सवमा सम्धी मिलन पनि हुने गर्छ ।

जानकी मन्दिरबाट भारको नेतृत्व गरी पुगेको जानकीको पिता अर्थात् राजा जनकको प्रतिकात्मक रुपमा मन्दिरका महन्त सहमहन्त रामरोशन दास र रामका बुबा अर्थात् राजा दशरथको पिताको प्रतिकात्मक रुप राममन्दिरका महन्त राम गिरीबीच सम्धी मिलन भएको हो ।

राम मन्दिरमा महिलाहरुले मैथिली भाषाका थरी थरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ । यसरी सम्धी मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।

आज पनि हजारौंको संख्यामा तिलकोत्सव कार्यक्रममा साधुशन्त भक्तजनको सहभागिता थियो ।

तिल्कोत्सवमा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, कांग्रेस प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव लगायत पनि सहभागी थिए ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेश्रो दिन मंगलबार बाह्रविघा मैदानमा धनुष यज्ञ मनाइएको थियो ।

भोलि पाँचौ दिन बिहीबार राम र जानकीको मटकोर, मुख्यदिन शुक्रबार जानकी र भगवान रामको विवाह र शनिबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुने छ ।

यसअघि आइतबार नगरदर्शन, सोमबार फूलबारी लिला गरिएको थियो । यसपटक प्रत्येक पाँच वर्षको अन्तरालमा भारत उत्तर प्रदेशको अयोेध्याबाट साधुशन्तको जन्ती आएकाले विवाहपञ्चमी महोत्सव थप रौनक बनेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर