Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटायो

प्रतिक्षा खबर
२०७८ भाद्र २०, आईतवार १४:०५

२० भदौ, काठमाडौं । कोभिड महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ ।
अब कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ (भदौ २१ गते) देखि लागु हुने गरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई)ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि लगाइएको यात्र प्रतिबन्ध हटाइएको जनाएको छ । फिलिपिन्सले नेपालसहित १० एसियाली मुलकमाथि गत अप्रिलदेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।
१० एसियाली मुलकमाथि यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वीकृत गरेका समाचार एजेन्सी एएफपीले जनाएको छ ।
यद्यपि फिलिपिन्स आउने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले बताएका छन् । रोकले भने, ‘भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ ।
फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा बहाकहरू बाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ ।
डेल्टा भेरिएन्टको स्थानीय संक्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ । यहाँ एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट संक्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ ।
दक्षिणपूर्वी एसियाली फिलिपिन्समा अहिले बढ्दो कोभिड–१९ संक्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौति देखिएको छ । विश्व स्वास्थ्य संगठनले अझैपनि डेल्टा भेरिएन्टको समुदायमा रहेको संक्रमणलाई पुष्टि गर्दै भनेको छ, ‘यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो ।
अनलाइन डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर