Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पूर्वमन्त्रीको हत्या मामिलामा पूर्वविधायकसहित दुई जनालाई जन्मकैद

प्रतिक्षा खबर
२०८१ आश्विन १८, शुक्रबार ०८:२०

नयाँ दिल्ली । सन् १९९८ मा बिहारका पूर्वमन्त्री बृजविहारी प्रसादको हत्याको मुद्दामा सर्वोच्च अदालतले बिहीबार फैसला सुनाएको छ । अदालतले यस मुद्दामा दुई अभियुक्तलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

दोषीमध्ये एक पूर्व विधायक मुन्ना शुक्ला हुन्। पूर्व सांसद सुरजभान सिंहले भने सफाइ पाएका छन् । यस मामिलामा न्यायाधीश सञ्जीव खन्ना, न्यायाधीश सञ्जय कुमार र न्यायमूर्ति आर महादेवनको इजलासले फैसला सुनाएको हो। यसअघि पटना उच्च अदालतले आठै जना अभियुक्तलाई सफाइ दिएको थियो । प्रमाणको अभावमा दोषीलाई सफाइ दिएको पटना उच्च अदालतको २०१४ को आदेशविरुद्ध सर्वोच्च अदालतको इजलासले सुनुवाइ गरेको थियो ।

यो याचिका भाजपाका पूर्व सांसद तथा बृजबिहारी प्रसादकी पत्नी रमा देवी र सीबीआईले दायर गरेका हुन् । रमादेवीका तर्फबाट वरिष्ठ अधिवक्ता सिद्धार्थ अग्रवाल उपस्थित भएका थिए । उच्च अदालतले मुद्दाका अभियुक्तलाई सफाइ दिएर आफ्नो फैसलामा गल्ती गरेको उनको तर्क छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर