Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

असन्तुष्ट नेतासँग संवाद गर्ने उपेन्द्रको तयारी

प्रतिक्षा खबर
२०८१ आश्विन ४, शुक्रबार १६:२६

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल पार्टी भित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न पार्टीभित्र छलफल भइरहेको छ ।जेठमा सम्पन्न महाधिवेशनपछि गठन भएको पदाधिकारी, कार्यकारिणी सहितको केन्द्रीय समितिलाई लिएर पार्टीमा व्यापक असन्तुष्टि बढेको थियो ।

यतिसम्म भयो कि निर्वाचन आयोगमा उजुरी समेत पर्‍यो । पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएको कार्यक्रम बहिष्कार गर्ने कार्य पनि भयो । पार्टीले सञ्चालन गरेको अभियानलाई पनि ठाउँ ठाउँमा बहिष्कार गरे । कतिपयले पार्टी नै छाड्ने चेतावनी पनि दिए ।

सबभन्दा चिन्ताको विषय असन्तुष्ट नेताहरू अशोक राई नेतृत्वको जसपाको सम्पर्कमा पुगेका छन् कतिपय नेताहरू पार्टी पनि छाडि सकेका छन् । जसपाले पनि असन्तुष्ट नेताहरूसँग सम्पर्क गरिरहेको छ । अहिले नै जसपाले पार्टीका विभिन्न सङ्गठनलाई गठन र पुनर्गठन गरिरहेको छ । असन्तुष्ट नेताहरू जसपामा जान्छन् कि भनी चिन्ता जसपा नेपालका शीर्ष नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।

यी सबै विषयमा जसपा नेपालको कार्यकारिणी समितिमा छलफल भइरहेको छ । तीन दिनदेखि जारीदेखि कार्यकारिणी समितिको बैठकमा बोल्ने  अधिकांश नेताले असन्तुष्ट रहेका नेताहरूसँग संवाद गर्नु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि असन्तुष्ट नेताहरूसँग संवाद गर्ने पक्षमा छन् । कुरा गर्न अध्यक्ष यादवलाई जिम्मेवारी दिने कि कार्यदल गठन गर्ने ती विषयमा पनि छलफल भइरहेको ती नेताले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर