Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

प्रतिक्षा खबर
२०७८ श्रावण २२, शुक्रबार २०:५७

२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ ।
कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो ।
तर पछिल्लो दिनमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो ।
त्यही अनुसार सीसीएमसीले शिक्षा मन्त्रालय पत्र पठाएको छ भने मन्त्रालयले परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।
स्रोतका अनुसार मन्त्रालयले शुक्रबार ४ बजे नै बैठक राखेर निर्णय गर्न निर्देशन दिएको थियो । तर परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने भोलि शनिबार ११ बजे बैठक राखेका छन् । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अहिले भौतिक रुपमा परीक्षा गर्न सक्ने अवस्था नभएकाले अहिले निर्णय पुनर्विचार गर्नु भनेका छौं ।
उनका अनुसार ३१ साउनदेखि तोकिएको परीक्षा स्थगित हुन्छ । तर आन्तरिक मूल्यांकनकै आधारमा हुन्छ वा भोलिका दिनमा भौतिक रुपमा परीक्षा हुन्छ भन्ने चाहिं अझै टुंगो लागेको छैन । यसबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने मन्त्रालयका एक अधिकारी बताउँछन् ।
परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षाका लागि ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।
अनलाइनखबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर